राजकुमार साह
कञ्चनपुर,भदौं १६ गते । इलका प्रहरी कार्यालय कञ्चनपुरमा एक जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
इप्रकामा ५३ जनाको स्वाव संकलन गरिएकोमा १ जनाको रिर्पोट पोजेटिभ आएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार ६५ जनाको स्वाव जाँचको लागि पठाइएकोमा एक जना ४५ बर्षिया प्रहरीमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको प्रहरीलाई आइसोलेश्नको लागि राजविराज लैजाने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको हो ।
त्यसैगरी कञ्चनरुप नगरपालिका–१०मा कोरोनाको लक्ष्णसँग मिल्दो लक्षणबाट मृत्यु भएको धिरेन्द्र यादब (मरिक)को रिर्पोट नेगेटिभ आएको छ । कोरोनाको लक्ष्ण भएको गुण संग मिल्दो–जुल्दो भएपछि मृतकको स्वाव लिइ जाँचको लागि गजेन्द्र नारायण सिंह अञ्चल असपताल पठाइएको थियो । कञ्चनरुप नपाको स्वास्थ्य शाखाले मृत्यु भएका व्यक्तिको रिर्पोट नेगेटिभ आएको बताए ।
प्रतिक्रिया