कञ्चनरुपमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि,चौक–चौकमा गुद्री हटियामा भिडभाड घटेन

  • भाद्र १७, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,भदौं १७ गते ।
कञ्चनरुप नगरपालिकामा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८० जनाको स्वाव परिणक्षण गर्दा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो अहिलेसम्ममै सबभन्दा बढी केश हो । 

५ महिनामा जम्मा १३ जना संक्रमित रहेकोमा बुधबार एकैदिन थप १० जना संक्रमित थपिएका छन् । पछिल्ला पटक वडा नम्बर ६मा समुदायस्तरमै ७ जना,बरमझियामा १ जना र वडा नं. १ वैरवाका सर्वोदय माबिको क्वारेन्टाइनमा २ जनामा कोरोना पुष्टि भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म कञ्चनरुपमा २३ जनामा ९ जना उपचारपछि घर फर्किएका छन् । हिजो इलका प्रहरी कार्यालय कञ्चनपुरमा एक जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया