बिजय–निरन्जन राम हत्याकाण्ड : सर्घष समितिद्धारा तेस्रो चरणको आन्दोलन घोषणा,आमरण अनसन बसेका पूर्वमन्त्री पासवानको स्वास्थ्यमा समस्या

  • भाद्र १७, २0७७
  • 0
...

गरुडा(रौतहट),भदौं १७ गते । बिजय–निरन्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले बुधबार १० सुुत्रिय माँग राखी तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

दोस्रो चरणको आन्दोलन कार्यक्रम हुदाँ समेत आन्दोलकारीको माँग सम्बोधन नभएपछि तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको संर्घष समितिका संयोजक सोनेलाल रामले बताए  । संर्घष समितिले प्रहरी हिरासतमा रहेका निर्दोष ४ जना (सिकेन्द्र पाश्वान,अजयराम,विवेक राय यादव, अर्जुुन राम)लाई रिहा,मृतक निरञ्जन राम, बिजय रामलाई शहिद घोषणा,प्रहरीद्धारा हत्या गरीएका बिजयरामको मुुद्धा दर्ता गरी दोषी प्रहरीलाई कार्वाही,मृतक निरञ्जन राम हत्याका अभियुक्त लखन साह,राजगिर साहलाई अबिलम्ब पक्राउगरी कानुनी दायरामा ल्याउनु पर्ने,मृतक निरञ्जन राम र बिजय रामको हत्याकाण्डलाई छानबिन गर्न दलित आयोग, मानव अधिकार आयोगसहीतको संसदीय उच्च स्तरिय छानबिन समिति गठन,दलित अगुवा तथा अधिकारकर्मीको जनधनको सुरक्षाको ग्यारेन्टी,दलित हत्या हिंसा अबिलम्ब रोक्नु पर्ने र बिजयराम र निरञ्जन रामको सालिक निर्माण गर्नुपर्ने माँग अघि सारेका छन् । संर्घष समितिले प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रदेशका मुख्यमन्त्री अनिवार्य गरुडा आउनै पर्ने माँग समेत गरेका छन् ।

माग अबिलम्ब संबोधन नभएसम्म आन्दोलन जारी रहेने संर्घष समितिले जनाएको छ । घोषित कार्यक्रम अनुसार बुधबार (१७ गते) पत्रकार सम्मेलन पछी कालोपटी बाँधेर जुलुस प्रदर्शन, १८ गते गौरमा जुलुस प्रदर्शन तथा जिल्ला प्रशासन घेराउ, १९ गते गरुडामा लाठी÷झाडुु जुलुस तथा प्रहरी कार्यालय घेराउ,२० गते चन्द्रपुर देखी गौरसम्म जनप्रदर्शन,२१ गते चन्द्रपुर–गौरसडकखण्डमा हँडिया, खपरी, चलना, बेलना, हँसिया, खुर्पी, जुलुस प्रदर्शन तथा ¥याली र २२ गते प्रदेश २ को राजधानी जनकपुरमा जुलुस प्रदर्शन तथा मुख्यमन्त्री कार्यालय घेराउको कार्यक्रम तय गरेको छ ।
 पूर्व मन्त्री पासवान र पूर्व सांसदद्धारा आमरण अनसन जारी रहने :
संर्घष समितिले माग पुरा नहुन्जेल ईलाका प्रहरी कार्यालय गरुडा अगाडीको अन्सन जारीरहने जनाएको छ । दलित संघर्ष समितिका पदाधिकारीका साथै पूर्वमन्त्री बिशेन्द्र पाश्वान,पूर्व सांसद रामप्रित पासवान लगायतले आमरणसन जारी राखेका छन् । पाँच दिनदेखि अनसनरत पूर्व मन्त्री पासवानको स्वास्थ अवस्था बिग्रीन थालेको संर्घष समितिका संयोजक सोनेरामले जनाए ।  अनशनकारी पासवानद्धयले प्रधानमन्त्री वा गृहमन्त्री तत्काल आएर पीडितलाई न्याय दिनुपर्ने माँग गरेका छन् ।

घटना यस्तो छ : गत साउन ३२ गते स्थानिय गरुडा नगरपालिका ८ जिंगडिायाका २२ बर्षिय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरीएको थियो । घटनाको अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिजयराम सहीत ११ जनालाई पक्राउ गरेको थियो । आवशयक अनुुसंधान पछी ४ जनालाई मुक्त गरी गत भदौं १ गते डिएसपी ज्ञानकुमार महतोले बिजयराम सहीत ७ जना माथी ज्यान संम्बन्धी मुद्धा दर्ता गरेका थिए । 

अभियुुक्त सार्वजनिक गरेलगतै डिएसपी आर्थिक चलखेलमा परेर हत्याका मुख्य योजनाकारलाई छोडेर निर्दोषलाई फँसाएको पिडीत पक्ष भनाई छ । प्रहरी हिरासतमै रहेका अभियोगी बिजयरामको उपचारको क्रममा गत १० गते राती बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्युु भएको थियो । हिरासतमा रहेकोबेला चरम यातनाको कारण बिजयरामको मृत्युु भएको पिडित परिवारले दाबी गरेका छन भने प्रहरीले बिजयको दुुबै किडणीले काम गर्न छोडेका कारण मृत्युु भएको प्रहरीको दाबी छ । मुख्यत बिजयरामको प्रहरी हिरासतमै मृत्युुको खबरले रौतहटको अवस्था तनाव ग्रस्त बनेको छ । 

ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रमुख डिएसपी ज्ञानकुमार महतो प्रदेश २ मा तानिएका छन् । इप्रकामा अनुुसंधानमा संलग्न ईन्स्पेक्टर नविनकुमार सिंह र २ जना हवलदार गत मंगलवार निलम्बनमा परेका छन ।

प्रतिक्रिया