गरुडामा भएको दलित हत्याकाण्ड बिरुद्ध कलैयामा प्रर्दशन

  • भाद्र २0, २0७७
  • 0
...

राजनारायण राम
कलैया (बारा),  भदौं १९ गते ।
दलित संघर्ष समिति बाराले रौतहट गरुडामा भएको दलित हत्याकाण्डको बिरुद्धमा शुक्रबार ¥याली गरेका छन् ।  दलित संघर्ष समिति बाराका संयोजक दशरथ रामको नेतृत्वमा रामजानकी मन्दिर कलैयाको प्रांगनबाट ¥याली निस्केको थियो । कलैया बजार परिक्रमा गरी ¥याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको थियो । जिल्ला प्रशासन अगाडी ¥यालीमा सहभागी युवाहरुले गरुडा प्रहरी मुर्दावाद,प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोलाई बर्खास्त गर, महतोलाई फासी गर, पिडीतलाई न्याय देउ, मानव अधिकारको रक्षा गर, दलित समुदायमाथि श्रृंखलाबद्ध सांघातिक हमला बन्द गर भन्दै चर्को नाराबाजी गरेको थियो । 

दलित संघर्ष समितिका संयोजक दशरथ राम, सहसंयोजक तारा राम, सचिव राज नारायण राम, राष्ट्रिय दलित आयोगका पुर्व सदस्य माननीय बिक्रम राम, दलित अगुवा महन्थ रामले संयुक्त रुपमा दलित हत्याकाण्डको दोषीलाई हदैसम्मको कार्यवाही, प्रहरी हिरासतमा हत्या गरिएका बिजय राम र निरञ्जन राम समेतलाई साँस्कृति शहिद घोषणा गर्न, तथा पिडीत परिवारलाई न्यायोति क्षेतिपूर्तिको व्यवस्था गर्नका लागि जिल्ला प्रशासन कार्यालय बारा मार्फत समाननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थिए । ज्ञापन पत्र नेपाल सरकार गृहमन्त्रालय र प्रदेश नं. का मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोधार्थ गरिएको थियो ।

संघर्ष समितिद्वारा आयोजित बिरोध कार्यक्रममा प्रदेश सांसद सुन्दर बहादुर विश्वकर्माले आफ्नो समर्थन जनाउनु भएको थियो । दलित समुदायमाथि घटेका यस्ता घटनाहरुमा सडक र सदन दुबैबाट संघर्ष गर्नु पर्ने बताए । संघीय सरकार र प्रादेशिक सरकारले मानव अधिकार संरक्षण संवद्र्धनका लागि प्रयाप्त कानुन बनाएको भए पनि त्यसलाई कार्यान्वयन गर्नेहरुको नियत ठीक नरहेकोले यस्ता घटनाहरु बारम्बार दोहोरिरहेको बताए । अब दलित समुदायका अगुवाहरुले एक ढिक्का भएर गरुडामा भईरहेको आन्दोलनमा सहभागिता जनाउन जरुरी रहेको बताए ।

ज्ञापन पत्र बुझाई सकेपछि ¥याली कलैयाको मुल चौकमा पुनः आई कोण सभामा परिणत भएको थियो । दशरथ रामको अध्यक्षतामा भएको कोण सभामा संचालन महेश बिश्वकर्माले गरेका थिए । आन्दोलनमा सहभागी भएको युवाहरुको मनोबल उच्च राखी संयमताका साथ अघि बढ्नको लागि दलित संघर्ष समिति बाराका सचिव राज नारायण रामले बताए । संघर्ष समितिले निरञ्जन राम हत्या काण्ड संघर्ष समितिसंग समन्वय गरी थप आन्दोलनको गतिविधी संचालनको लागि बताए । कोणसभामा नन्दलाल राम, रामशरण पासवान, उपेन्द्र पासवान बिनोद पासवान, बृजकिशोर राम, सुनिल राम, बिरेन्द्र राम, बिनोद राम, धर्मेन्द्र राम लगायतले बोलेका थिए ।

प्रतिक्रिया