कोशी टप्पु मध्यवर्ती क्षेत्रमा तीन जनाको गोठ सेनाले जलायो

  • भाद्र २१, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,भदौं २१ गते ।
कोशी टप्पु वन्यजन्तु आरक्षकाे मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने तीन जनाको टहरा सेनाले जलाएको छ । सप्तरीको वरमझिया,बैरवा मध्यवर्ती क्षेत्रमा पर्ने उक्त ठाउँमा गत १७ गते कुनै सुचना,जनकारी नदिइ रेन्जर लक्ष्मण महतोको कमाण्डमा नेपाली सेनका एक टोलीले तीन जना किसानको गोठ जलाएको पिडीतमध्येका एक बद्री नारायण यादबले बताए । बद्री नारायण यादबसँगै जय नरायण यादब र शम्भु यादबको गोठ जलाइएको हो ।

बद्री नारायण यादबको गोठ साथै भैसीको पारो समेत जलेको नेपाली सेनाका सिनियर गेमअस्कट दिपक कुमार शलैहता यादवले वताए । कोशी टप्पुका किशान शम्भु यादवका अनुसार उतm क्षेत्रमा ४०–५० वर्ष देखी भैसी पालन गरेर सयौं किसानको जिवीका चलाउँदै आएको छ । यादबले भने,‘पहिलो पल्ट हाम्रो घर र गोठ सहित पारो जलाएको छ । हाम्रो प्रमुख व्यवसाय भैसी पालन भएको हुनाले विस्थापित पछि हामि के गर्ने कहाँ जाने भनेर चिन्तीत छु ।’ 

 तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर(मनोज)यादवले मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने नागरिकको घरमा आगजानि गरेर विस्थापीत गर्नु कानून विपरीत काम भएको बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवले आगलगीबारे आफूलाई कुनै जानकारी नरहेको वताए । आगलगिकै वारेमा क्षलफलका लागि सहायक वारडेन, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त वहरखेर यादव, मध्यावर्ती क्षेत्रका उप–भोक्ता समितीका अध्यक्षको उपस्थीति हुँदा पनि क्षलफलमा सहायक वारडेन उपस्थित नभएपछि  क्षलफल भएन ।

प्रतिक्रिया