कञ्चनरुपमा खाद्य बिक्रेताको मनोमानी, १६ रुपैया पर्ने युरिया ४५ रुपैयासम्म खुलेयाम बिक्री : अनुगमन गर्ने अधिकार पाएका नगरलाई छैन कुनै चासो

  • भाद्र २५, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,भदौं २५ गते । कञ्चनरुपनगरपालिका कृषि शाखाको मिलोमतोमा रासायनिक मल खाद्य विक्रेताहरुले किसानसँग मनपरी मूल्यमा खाद्य बिक्री गरीरहेको पाइएको छ ।

प्राथमिकतमा कृषि क्षेत्र रहेको कञ्चनरुप नगरपालिकामा २० रुपैया किलो पाउने युरिया मल अहिले ४५ रुपैयाँसम्म बिक्री भइरहेको छ । तर नगरपालिकाका जनप्रतिनिधि मौन छ । नगरपालिकाको मिलो मतोका कारण खाद्य बिक्रेतालाई कार्यवाही त टाढाको कुरा प्रमाण सहित किसानले गुनासो गार्द समेत सोधपुछ समेत भइरहेको छैन ।

नपा क्षेत्र भित्र पसलै पिछे मल,खाद्य को दर भाउ फरक छ । कञ्चनरुप नगरपालिकाको कृषि शाखाले उपलब्ध गराएको रसायिनिक मलको दर रेट अनुसार युरिया प्रति बोरा ५० केजीको ८ सय ( प्रति केजी १६),डिएपीप्रति बोरा २२७५( ४५रुपैया केजी) मा बिक्री गर्नुपर्नेमा नगरभित्रका व्यापारीले युरिया प्रति बोरा २ हजारदेखी २हजार दुई सयसम्म प्रति किलो ४० देखी ४५ सम्म बिक्री भइरहेको छ ।

किसानले मलको दर भाऊको बारेमा मनोज मल खाद्य बिक्री केन्द्रका विक्रेता मनोज साहसंग कुरा गर्दा उल्टैे नगरपालिकामा गएर उजुरी गर्नु भन्दै थर्काएको कञ्चनरुप नपा–८का किसान बच्चु सरबरियाले भने,‘ सहुलियतमा आएको खाद्य समेत स्थानीय किसानलाई नदिइ बढि मुल्य तिर्ने बिचोलिया व्यपारीलाई दिने गरेको र यी सब गैर कानुनी कामको प्रमाणका साथ नगरप्रमुख वसन्तकुमार मिश्रलाई जनकारी गराउँदा समेत वेवास्ता गरेको छ ।’ किसान सरबरियाले भने,‘बजार अनुगमनका् अधिकार नगरपालिका छ, तर नगरप्रमुख प्रहरीमा गएर जानकारी दिनु भन्दै पन्छिदैछ ।’

नगरपालिकामा १० ओटा रासायनिक मल खाद्य विक्रेता भए पनि अहिले सम्ममा एक दिन पनि नपा उनीहरुसँग मल बिक्रीबारे नत छलफल गरेको छ नत अनुगमन नै । ‘नगरपालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममा नगर प्रमुख मिश्रले कृषी र सहकारी सम्वन्धी व्यवस्थापन,अनुगमन गर्ने चर्को भाषण मात्र गर्ने गरेको छ । नगरस्तरीय कृषि सहकारीका संयोजक राजेन्द्र यादवले भने, ‘समय समयमा अनुगमन भएपछि न केही सुधार हुन्छ ।’ नगर प्रमुख वस्नत कुमार मिश्रले भने, अब अनुगमन गर्ने र साथै अगामी दिनमा मल खाद्य पनि नपाले नै विक्री वितरण गर्ने तयारी गरीरहेको छ ।’

प्रतिक्रिया