राजकुमार साह कञ्चनपुर,भदौं २५ गते । जनता समाजवादी पार्टीले कञ्चनरुप नगरपालिका–२ का आगलागी पिडितलाई बिहीबार राहत वितरण गरेको छ ।
जसपाका नगर स्तरीय समितिले राहत सामग्री वितरण गरेको हो । जसपाले राहत स्वरुप प्रति घर १० थान जस्ता, २५ किलो चामल, ५किलो भुजा, २ पकेट नुन, कुर्ती सलवारको २ सेट,सुट कपडा ९ थान ,सेनीटाइजर,मासक,सावुन लगायतका सामग्री वितरण गरेको छ ।
जनता समाजवादीका नेता चित्ररन्जन यादवका अनुसार उतm अवसरमा पार्टीका नगर स्तरीय संयोजकद्धय सुदम्बर यादब र नेता रामदेव मंडल,क्षेत्रीय संयोजक माधव चौधरी, वाड नं.–७ का वडा अध्यक्ष हरि कृष्ण महतो,दलित संघका केन्द्रिय अध्यक्ष श्याम सरदार, जिल्ला सदस्य रामेश्वर यादवले आगलगिवाट बच्नको लागि के –के सावधानी अपनाउनु पर्छ भने वारेमा अग्नि पिडित र स्थानीयलाई जनकारी गराएका छन् ।
गत भदौ २१ गतेको आगलगीबाट कादिर सेख, जावेद सेख र सफिद महमद सेख को १० लाख बरावरको घर,गाई वस्तु, धान,चामल लगाएतको समान जलेर नष्ट भएको थियो । राहत सामग्री पाएपछि पिडीतहरुलाई केही राहत महसुस भएको छ । यसअघि पनि केही राजनीतिक दलका नेताहरुले जग र बाल्टीनभित्र चामल हालेर पिडीत परिवारलाई राहत दिएको थियो ।
प्रतिक्रिया