सहयोगीद्धारा आगलागी पिडीतलाई एक महिना खान पुग्ने खाद्यन्य र नगद राहत वितरण

  • भाद्र २६, २0७७
  • 0
...

राजकुमार साह

कञ्चनपुर,भदौं २६ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कञ्चनरुप नगरपालिका–२का आगलागी तीन जना पिडीत परिवारलाई शुक्रबार एक महिनालाई पुग्ने खाद्यान्य र नगद राहत प्रदान गरेको छ ।

गत भदौ २१ गतेको आगलगीबाट कादिर सेख, जावेद सेख र सफिद महमद सेखको १० लाख बरावरको घर,गाई वस्तु, धान,चामल लगाएतको समान जलेर नष्ट भएको थियो ।

सहयोगीले ५० केजी चामल,१० केजी पिठो,५ केजी भूजा,एक कार्टुन चाऊ–चाऊ, २ केजी दाल, २ लिटरतेल, ५ केजी नून, ६ थान साबुन र १ थान त्रिपाल वितरण गरिएको छ । तीन जनाले पिडीत परिवारमध्ये कादिर शेखलाई ७ हजार एक सय,जावेद सेख र सफिद महमद सेख चार हजार १ सय रुपैंयाको दरले राहत वितरण गरिएको सहयोगीका व्यवस्थापक विनोद दासले बताए ।

सहयोगीले प्राकृतिक बिपद्मा परेका परिवारलाई विगतमा पनि समाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको संस्थाका अध्यक्ष अनोज यादबले बताए । सहयोगीले यसअघि पनि विपद्मा परेका परिवारलाई सहयोग गर्दै आएको छ । राहत वितरण कार्यक्रममा संस्थाका,उपाध्यक्ष संजय खड्गा,सचिव शोभा गुप्ता,व्यवस्थापक विनोद कर्ण,प्रताप साह,ज्योतिष यादब लगायतको टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया