कञ्चनरुप नपामा भष्ट्राचारको नमूना ः खुद्रामा ६ सयमा पाउने किटनाशक औषधी थोकमा ७ सयमा खरीद गरि किसानलाई छुटमा वितरण

  • भाद्र २६, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,भदौं २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले धान बालिमा लाग्ने रोग गबारो किरा मार्न प्रयोग गर्ने किटनाशक औषधी खुद्रा मूल्यभन्दा पनि महगोमा खरीद गरि बितरण गरिरहेको पाइएको छ ।

गबारो किरामा मार्न प्रयोग हुने जी सोनामी (५०० एमएल) नगरपालिकाले कृषकलाई ७ सयमा बिक्री गरिरहेको छ । नगरपालिकाले ७ सयमा २५ प्रतिशत छुट गरि ५२५मा बिक्री गरिरहेका छन् । 

जबकी नगरपालिका कार्यलय अगाडी नै रहेको साह मल बिषाधी पसलले खुद्रा ६ सय रुपैयामा उक्त विषाधी बिक्री गरिरहेको छ । साह मल बिषाधीले मात्रै होईन सप्तरीको राजविराज लगायतको बिषाधी औषधी पसलमा समेत जी सोनामी (५०० एमएल) ६ सयमै किसानले खरीद गरि प्रयोग गरीरहेका छन् । तर नगरपालिकाले खुद्रा मूल्यभन्दा पनि बढी रकम तिरेर थोकमा विषाधी खरिद गरी वितरण गरिरहेको छ ।

जी सोनामी मात्रै होइन स्टार ९०९ नामक किटनाशक औषधी १ लिटर बजारमा एक हजारमा पाउँछन् तर नगरपालिकाले थोकमा एक हजार एक सयमा खरीद गरि किसानलाई बिक्री गरिरहेको जनाएको छ । कञ्चनरुप नगरपालिकाले किटनाशक औषधी थोकमा खरीद गरि किसानलाई छुटमा – अनुदान)मा बिक्री गर्नु सकारात्मक भएपनि कोरोनाले थलिएका किसानलाई समेत नगरपालिकाबाटै ठग्निु दुर्भाग्यपूर्ण रहेको कञ्चनरुप नपा–८का किसान बच्चु सरबरियाले बताए । कञ्चनरुप नगरपालिकाको कृषि शाखाको संयोजक बेचन सढोक(यादब)ले किटनाशक औषधी खरीदमा आफनो संलग्ना नरहेको बताउँदै नगर प्रमुख वसन्तकुमार मिश्रले नै सबै खरिद गरेर ल्याएको बताए । शाखा प्रमुख यादबले भने,‘ नयाँ लटका औषधी भएकोले रकम वढि लिएको हुन सक्छ । औषधी खरीद नगर प्रमुख वसन्त कुमार मिश्रको नेतृत्वमा भएको हुनाले विशेष कुरा शाखालाई थाहा छैन ।’

नगरप्रमुख मिश्रले सस्तोमा कृषि सामग्री खरीद गरि किसानलाई सहयोग गर्ने गर्ने सोच राखेपनि कृषि शाखाका कर्मचारीले पहिले आफनो प्रतिशत बारे डिल गर्ने गरेको स्रोतले जनाएको छ । नगरपालिकाकै एक कर्मचारीका अनुसार कृषि शाखाका कर्मचारीले नगरप्रमुख मिश्र सस्तोमा समान खरिद गर्न जति पसल चहारेपनि कर्मचारीले पाउने कमिशन रोक्न नसक्ने बताउँदै आएका छन् । कञ्चनरुप नगरपालिका –२का किसान राजेन्द्र यादबले नगरपालिकाले छुटको नाममा ठग्ने काम रोक्नु पर्ने बताए । उनले भने,‘ एकातर्फ नगरपालिकाले किटनाशक औषधी छुटमा दिएको भन्छ अर्कोतर्फ खुद्रा मूल्य भन्दा बढी मूल्य राखेर बिक्री गर्छ,यो सर्वसाधरण किसानलाई बेवकुफ बनाउनु कार्य हो ।’

प्रतिक्रिया