भोकले ज्यान गुमाएका मलर सदा टोलका ७० घर मुसहर समुदायलाई दलित महिला संघद्धारा राहत

  • आश्विन ३, २0७७
  • 0
...

कञ्चनपुर,असोज ३ गते । दलित महिला संघ सप्तरी शाखाले यूएन वुमेनको सहयोगमा शनिबार कञ्चनरुप नगरपालिका–५का ७० घर मुसहर समुदायलाई राहत वितरण गरेको छ ।

कोरोना संक्रमणका कारण जारी लकडाउनले गत जेष्ठ ६ गते भोकका कारण ज्यान गुमाएका कञ्चनरुप नपा–५ रामपुर पथरी र जमुवा टोलका मुसहर समुदायलाई राहत वितरण गरिएको हो । राहतमा २० किलो चामल,एक लिटर तेल,दाल ३ केजी,चिनी आधा केजी,साडी,झुल,तौलिया,प्याड,सावुन,माक्स लगायतका सामग्री रहेको थियो ।

राहत वितरण कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष शान्ति पासवानले भोकका कारण ज्यान गुमाएका मलर सदाबारे समचार प्रकाशित भएपछि मुसहर समुदायलाई सहयोग गर्न आएको बताए । कार्यक्रममा पत्रकार भोला पासवानले भोकका कारण मलर सदाको ज्यान गएपनि स्थानीय जनप्रतिनिधिहरुले गरिवको मृत्युलाई मजाक बनाएको बताए ।

संघका जिल्ला अध्यक्ष बिन्दा पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन निर्मला पासवानले गरेकी थिइन् । रामपुर यूवा क्लवका सदस्यहरुले स्वयमसेवकका रुपमा काम गरेको थियो भने दलित सरोकार मञ्च नेपालको समन्वयमा राहत वितरण भएको थियो ।

प्रतिक्रिया