बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोगीद्धारा अभियान सुरु

  • आश्विन ३, २0७७
  • 0
...

कञ्चनपुर,असोज ३ गते । कोरोना संक्रमणका कारण जारी लकडाउनले गरिव र विपन्न वर्गमा पारेको असर कम गर्न सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छलफल सुरु गरेको छ ।

कञ्चनरुप नगरपालिका–१ वैरवामा शनिबार सहकारीमा आवद्ध महिलाहरुलाई बेरोजगार महिलाहरुलाई आत्म निर्भर कसरी बनाउने विषयमा छलफल आयोजना गरेको संस्थाका व्यवस्थापक विनोद कर्णले बताए । लकडाउन सुरु हुनु अघि पनि संस्थाले वित्तिय साक्षरता सम्बन्धी अभियान संचालन गरेर उदाहरणीय कामको थालनी गरेको थियो ।

लकडाउनका कारण थुप्रै महिलाहरु बेरोजगार भएर बसेका छन्,उनीहरुलाई कसरी सीप विकाश वा व्यवसाय संचालन के गरेर हुन्छ स्वरोजगारा बनाउन अभियान संचालन गरेको संस्थाका अध्यक्ष अनोज यादबले बताए ।

प्रतिक्रिया