राजकुमार साह
कञ्चनपुर,असोज ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –२ महादेवपट्टी स्थित साझा संस्थाको ५ कट्टा जग्गाा स्थानीय एक जनाले हडप्ने प्रयास गरेको छ । संस्थाको उक्त जग्गामा स्थानीय शंकर चौधरीले अबैध तरिकाले जस्ताको घर निर्माण कार्य गरेको छ । उतm अबैध कार्यको बिरुधमा सोहि वडाका स्थानीय कैजुम शेखले नपा मा निवेदन दिएको छ ।
चौधरीले मापदण्ड विपरित निर्माण कार्य गरेको हुनाले नगरपालिका भित्र नयाँ संरचना तयार गर्दा नियामा अनुसार नक्सा पास गरि ईजाजत पत्र लिएर मात्र गर्नु पर्नेमा सो नगरी आफू खुसी निर्माण कार्य गरिरहेको भएकाले स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा २७ को उप दफा १ दफा ४२ को उपदफा १ बमोजिम सुचारु रहेको कार्य रोका राखी आवश्यक सम्पुर्ण एवं प्रमाण सहित ७ दिन को मियाद सहित स्थानीय सरकार संचालन एन, २०७४ को दफा ३९ को उपदफा ५ बमोजिम ५ लाख सम्म जरिवना हुने नगरपालिकाले पठाएको आईतबार पठाएको पत्रमा उल्लेख गरेको छ ।
प्रतिक्रिया