राजकुमार साह
कञ्चनपुर,असोज ७ गते । सप्तरीको हनुमाननगरकंकालनी नगरपालिका – ३ गिदखोरा स्थित मरिक समुदायका १५ घर परिवारका जनता आवास कार्यक्रम अन्तगर्त घर र्निमाण कार्यमा अबरोध भएको छ ।
मरिक समुदायले वर्षोदेखि बसोबास गरीरहेको जग्गाका कुनै ठोस कागजात नभएकोले शहरी विकास कार्यालाय राजविराजले आवास र्निमाण कार्य रोकेको छ लोचन मरिकले वताए । जगदिश मरिकको अनुसार उतm जग्गामा परालको छापरो दिएर वर्षो देखि जसो–तसो गुजारा गरेर दिन विताई रहेको अवस्था छ । उक्त जग्गा २००४ साल देखिनै एलानी पर्ती हो । जव मरिक समुदायको लागि जनता आवास बन्ने तय भयो । तव सोही वडाका स्थानीय राजेन्द्र यादवले मेरो जग्गा हो भनेर दावी गरि र्निमाण कार्य गर्नबाट रोक लगाइएको छ ।्
राजेन्द्र यादबले सो जग्गा वापत रकम पनि माग्ने गरेको पीडीत डोम समुदायहरुले बताएका छन् । स्थानीय जगदीश मरिकले भने,‘मजदुरी गरेर जिविका चलाउनुको साथै बाल बच्चालाई पाल्नुपर्छ । जग्गाको मुल्य कसरी तिर्न सक्छु । ’
जनता आवासवाला घरमा घाम, वार्षाकोपानी चुहिनबाट वच्चु भने सपना सपनै रहने भो भनेर पिडा वोध गरेको छ १५ परिवारलाई ।
आवास अधिकार सम्बन्धी ऐन, २०७५ का अनुसार नेपाल राज्य भित्र आफनो वा आपनो परिवारको स्वामित्वमा घर जग्गा नभएको र आपनो वा आपनो परिवारको आय आर्जन , सो्रत वा प्रयासवाट आवासको प्रवन्ध गर्न असमर्थ रहेको हरुकालागि आवास उपलब्ध गराउने साथै तिनै तहका सरकारको विचमा पारस्परीक सम्नवय सहितको कानुनी वेवस्था हुदा हुँदै मरिक समुदाय, मुसहर समुदाय लगाएतले सुरक्षीत आवास पाउनवाट बन्चीत हुँदै आएका छन् ।
हनुमाननगरकंकालनी नगरपालिका – ३ का वडा अध्यक्ष विजय लोहटियाका अनुसार वडाको तर्फवाट मरिकहरुको आवास घर र्निमाणमा शहरी विकाश कार्यालाय राजविराजका केही कर्मचारीले वाहिरी मान्छेको कुरा सुनेर र्निमाण कार्य ढिलो गरेको हो ।
प्रतिक्रिया