कञ्चनपुर,असोज ७ गते । सप्तरी जिल्ला स्थित बिभिन्न स्थानमा खटिएका प्रहरी टोलीले पिकअप भ्यान सहित १७ लाख बराबरको अवैध समान नियन्त्रणमा लिएको छ । प्रहरीले भारत वाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको पिकअप गाडी मे.१ च. २०३४ नं. सहित २ थान जरसी गाई समेत करिब १७ लाख र ५१ हजार बरावरको विभिन्न सामानहरु नियन्त्रणमा लिएर भन्सारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जनाएको छ ।
अपराध रोकथाम तथा नियन्त्रण र शान्ती शुरक्षा तगाएत हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको बेला समेत तस्करी रोकिएको छैन । भन्सार छलि अबैध सामानहरुमा कविर छाप खैनी ५२ पोका, बिडी ८४ पोका ,अंगुरी चकलेट ५ पोका ,राजनिवास २ पोका, पान मसला ३ पोका , खुला खैनी अं. ४० किलो ,हरियो मटर ५० किलो , छ भने विभिन्न औषधीहरुमा लेवोनेट १०० पिस, डेसमिकेम ओसीटी ५७ पिस , विवेल क्यापसुल ९६ पिस , क्याडिवेट जि म २३ पिस , वेल पलस ५ पिस रहेको जिल्ला प्रहरी कार्यालाय सप्तरीका सुचना अधिकारी तिलक भारतीले बताए ।
प्रतिक्रिया