कञ्चनरुप नपा–२का दलित समुदायलाई भोट नदिएका भन्दै जनप्रतिनिधिद्धारा उपेक्षा ः हरेक वर्षायाममा पिडासहन बाध्य राम समुदाय

  • आश्विन १0, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,असोज ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –२ माहादेवपट्टी स्थित राम समुदाय चार दिनका अविरल बर्षाको कारण डूवानमा परेको छ तर स्थानीय सरकारले उपेक्षा गरेको छ।

हरेक बर्षायाममा राम वस्ती डूवान हुदै आईरहेका छन् । तर स्थानिय सरकार गठन भएको ४ वर्ष हुन लागेको भए पनि दलित वस्तीमा कुनै विकाश भएको छैन । राम टोलमा अहिले सम्म विकाशको ‘ब’ पनि पुगेको छैन,राजनीतिक पुर्वा ग्रहको कारणले हामीलाई उपेक्षा गरेको छ ।’ बर्दी रामले भने,‘हरेक बर्षायामको वेला पिडा सहेर बस्न बाध्य छौं,हामीलाई हेर्ने कोही भएन ।’ उतm दलित टोलका स्थानीय मिठू रामको अनुसार पटक – पटक २ नं. वडाका वडा अध्यक्ष महैदी हुसेन लाई टोलको समस्या बारे लिखित,मौखीक जनकारी गराउँदा पनि कुनेै वास्ता गरेको छैन । उनले भने,वडाअध्यक्षले उल्टैं विभिन्न विभिन्न थरिका जोक सुनाउने गर्छ, वितेको वैशाखमा लोकडनको बीच टोलवासी मिलेर केही आर्थीक सहयोग जम्मा गरेर व.बाटोमा जान आउनको लागि माटो हाले त्यो माटो देखाएर जनप्रतिनिधिहरुले नपाका प्रविधिक बोलाएर नापी गराई बजेट पचायो ।’

वडा कार्यलयसँग त्यसबारे टोलवासी थाहा पाएर वडामा सम्र्पक गर्दा वडाले भन्यो गत वर्ष रिपिएरको लागि खसालेको माटो नापी गरायो । जवकि वास्तविकता वडाले भने जसोे होइन रहेछ । स्थानीयका अनुसार वडा अध्यक्ष हुसैनले जहिले पनि राम समुदायका मत दाताहरुले स्थानीय चुनावमा मत नदिएको भनेर आर्कोस पोख्ने गर्छन् । अहिल टोलको घर–घरमा पानि पसेको भए पनि कतै बाटै कुनै निकास र ठोस उपायको व्यवस्था भईरहेको छैन् ।’

राम समुदायका वाल–बच्चा,गाई,वस्तु सवै वर्षाको पानीले गर्दा पिडामा छ । यता यस विषयमा वडा अध्यक्ष हुसैनसँग बुझदा उनले भने,‘ राम समुदायका व्यतिmहरुलाई नपाको प्रमुखसंग र नपाको न्यायपालिकामा गएर समस्या राख्न भनेको छु,त्यसमा वडाको सहयोग रहन्छ ।’ उनले भने, दलित राम टोलाको पानी हाइवे राजमार्गको पश्चिमपट्टि भएर निकास थियो,त्यो अहिले वन्द भएको कारणले राम टोलमा समस्या आएको छ ।’

प्रतिक्रिया