तिरहुतमा गापा–२की डाइमनदेवी यादब हत्या घटनाको सत्यतथ्य अझै बाहिरिएन,हत्याराहरुले डाइमनको कान काटेर लग्नुका साथै आखाँ समेत फुटाएका थिए

  • आश्विन १७, २0७७
  • 0
...

राजकुमार साह

कञ्चनपुर,असोज १६ गते । सप्तरीको तिरहुत गाउँपालिका–२ मयनाकडेरीकी ४८ वर्षीय दाईमन देवी यादवको हत्या भएकोको एक हप्ता बित्न लाग्दा समेत सत्यतथ्य बाहिरएको छैन ।

दाईमनदेवी यादबको गत शनिबार बिभत्सपूर्ण हत्या गरिएको थियो । शुक्रबार बिहानै देखि मैले फोन गर्दा उनको फोन उठीरहेको थिएन । हत्या गरिएका यादबका पती शिवनारायण यादबले भने,‘ हत्या कहिले भएको हो तत्काल यकिनका साथ भन्न मुश्किल छ ।’ उनका अनुसार वितेको विहिवार राति करीव ९ वजे पत्नी डाइमनसँग मोवाइल फोनमा सम्पर्क भएर कुराकानी भएको थियो ।

त्यसपछि शुक्रवार फोन सम्पर्क गर्दा फोन उठिरहेको थिएन । शिवनारायणले भने, ‘ त्यही दिन राती पुन ः ९ बजे फोन सम्पर्क गर्दा फोन नउठै पछि शंका हुन लाग्यो, घरमा केही त भएको छ ।’ यादबका अनुसार आपूm शिक्षक भएकोले पहिलेसँगै बसेपनि मेरो आमा बिरामी भएपछि पत्नी डाईमन देवी अढाई वर्षदेखि गाउँमा वस्न लागेकी थिइन । घटना भएको समयमा आमा उपचारका लागि विराटनगरमा रहेको र डाइमन घरमा एक्कलै रहेकी थिइन् ।डाईमन देवीकी २ छोरा छन् । ‘मेरो पत्नीको हत्याबारे प्रहरी र प्रशासनले पत्ता लगाएर दोषीलाई कार्यवाही गर्नुपर्छ । तर अहिलेसम्म केही पत्ता लागेको छैन ।’ उतm गाउँ पालिकाका २ नं. वडा अध्यक्ष भुलन यादवका अनुसार मैनाकडेरी गाउँ असुरकक्षीत महसुस गरिरहेको बताए । उनले भने,‘ शान्ति शुरक्षाको लागि प्रहरी,प्रशासनसंग समन्वय गरीरहेका छौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले घटनाबारे प्रहरीले सूक्षम अनुसन्धान गरिरहेको बताए । उनले भने,‘ अहिले हामी अनुसन्धानकै क्रममा छौं,अनुसन्धान सकिएपछि हामी पत्रकार सम्मेलन मार्फत जानकारी गराउँछौं ।‘ अहिले हामी अनुसन्धानकै क्रममा छौं,अनुसन्धान सकिएपछि हामी पत्रकार सम्मेलन मार्फत जानकारी गराउँछौं ।’

हत्या गर्ने समूहले दायमनदेवीको दाहिने कान समेत काटेर लगेका छन् भने दाहिने आँखा समेत फोडेका छन् । आँगनमा चारैतिर फुटेका चुराहरु रहेको रहेकाले हत्यारासंग केही बेर घम्साघम्सी भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया