कञ्चनपुर,असोज १७ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ किशानपुरमा एक ५ बर्षिया बालकलाई नातामा भिनाजु पर्नेले अप्राकृति मैथुन गरी हत्या गरेको घटना बाहिरएको छ ।
स्थानीय रामेश्वर सदाको ५ बर्षिया छोरा रुपेश सदालाई नातामा भिनाजु पर्ने धनुषाकै सबैला नगरपालिका ७ का रामबहादुर सदाले अप्राकृति मैथुन गर्दा गर्दै बालक बेहोस भएपछि घटना बाहिरिने डरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । घटना यस्तो थियो ः गत असोज १५ गते दिउसोदेखी रुपेश एकाएक घरबाट हरायो । परिवारजनले रातभर खोज्यो भेटेन ।
अर्कोदिन असोज १६ गते बस्ती नजिकै कृषि ईट्टा उद्योगको परिसर भित्र रहेको बर्षातको पानी जमेको खोल्डोको डिलमा पात पतिङ्गगरले छोपिएको अवस्थामा रुपेश मृत अवस्थामा भेटियो । मृतको आफन्तले लाश घर लगे । प्रहरीलाई घटनाबारे जानकारी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान टोलीले घटनाको छानविन सुरु ग¥यो । प्रवक्ता मिश्रका अनुसार घटनास्थलको अवस्था हेर्दा बालक पोखरीमा डुबेको थिएन,बालकको मलद्धारबाट दिशा आएको र घाटीमा केही दाग थियो । प्रहरीले बालकको शव प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्डनका लागि पठायो । र,घटनाबारे अनुसन्धान गर्दा ति बालक भिनाजु पर्ने रामबहादुरसँग गएको खुल्यो । ‘हामीले रामबहादुरलाई धान खेतमा लुकीरहेको अवस्थमा फेला पा¥यो ।’ प्रवक्ता मिश्रका अनुसार रामबहादुरले साला पर्नेे रुपेशलाई बिस्कुट र चकलेट प्रलोभवन दिएर बस्तीदेखी करिब ५सय मिटर टाढा रहेको ईट्टा उद्योग नजिक माछा मार्न लगेको र अप्राकृति मैथुन गर्दागर्दै बेहोस भएपछि घटना बाहिरिने डरले बालकले लगाएको कन्दनी(डारा)ले घाँटी कसी हत्या गरेको स्वीकार गरेका छन् ।अभियुक्त सदालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी कार्यवाही अघि बढाइएको प्रवक्ता मिश्रले जनाएको छ ।
प्रतिक्रिया