पञ्चायत र राणाकालीन शासन व्यवस्था’ जस्तै वर्तमान सरकार ः उपेन्द्र यादब

  • आश्विन १९, २0७७
  • 0
...

‘राजविराज, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संघीयता विरोधी रहेको बताउँदै ‘पञ्चायत र राणाकालीन शासन व्यवस्था’ जस्तै वर्तमान सरकार एउटै भाषा, एउटै भेषको नितीमा अघि बढेको बताएका छन्।

जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा आईतवार आयोजना गरेको युवाहरुको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले भने,‘ कठोर सङघर्ष पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि त्यसलाई वर्तमान सरकारले समाप्त पार्न खोजेको छ ।’

विभन्नि आन्दोलनमा युवाहरुले गरेको त्याग र बलिदानबाटै देशमा शासन व्यवस्थामा परिवर्तन आएको स्मरण गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि अझैं युवाहरुले समुचित शिक्षा पाउन नसकेको तथा शिक्षित युवाहरुले स्वदेशमा रोजगारी नपाएर विदेशिनु दुर्भाग्यपूर्ण भएको अध्यक्ष यादवको भनाइ थियो । एसियाली देशहरुमा सबभन्दा अव्यवहारिक एवम् अवैज्ञानिक शिक्षा नेपालै रहेको चर्चा गर्दै शिक्षा प्रणाली व्यापक सुधार ल्याउनु आवश्यक रहेको उनले बताए । सरकारको यस्ता निती विरुद्ध तथा राज्यद्वारा विभेदमा पारिएका मधेशी, दलित, जनजाती वा देशभरका विपन्न वर्गीयहरुलाई अधिकार प्राप्ति र समानताकोलागि सङ्घर्षको आवश्यकता आंैल्याएका छन् ।

समाजवादको सिद्धान्त नै अधिकार, अवसर र न्यायमा समानता रहेको भन्दै उनले समाजवादकै सिद्धान्तमा आफुहरु पनि अघि बढेको बताएका छन् । कार्यक्रममा प्रदेश २ का भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले युवा शक्ति विकास र सुशासनकालागि सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । युवाहरु अध्ययनशील रहँदै आफुलाई नेतृत्वदायी एवम् उदाहरणीय बन्नुपर्ने तयार रहनुपर्ने बताउँदै उनले भने ‘युवाहरुलाई स्वदेशमै रोजगारीकालागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेका छौं, प्रदेश २ का युवाहरुले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरी समृद्ध प्रदेशको रुपमा चिनाउन प्रदेश सरकार अगाडि बढेको छ ।’ युवा संघ प्रदेश २ का अध्यक्ष आतेशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय नेता राष्ट्रिय सभा सदस्यद्वय मृगेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह, भुमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव लगायतले सम्वोधन गरे ।

कार्यक्रम सञ्चालन सुभाष यादवले गरे । कार्यक्रममा युवा नेता सत्येन्द्र यादवको नेतृत्वमा तीन सय भन्दा बढी युवा समाजवादी युवा फोरममा प्रवेश गरेका छन् ।

प्रतिक्रिया