राजकुमार साह
कञ्चनपुर,असोज १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका – २ बरमझिया स्थित नव र्निमित अवस्थामा रहेको कभर्ड हलमा ब्याडमिन्टन खेलाडीहरुले अभ्यास थालेका छन् । लामो समयदेखि हुन नसेको खेल अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर, पहिलो दिन खेलाडी कभर्ड हलमा पस्दा हलको अवस्था भने दयनीय थियो । एकातिर कभर्डहल निर्माणधिन अवस्थामा छ भने अर्कोतिर खेलाडीहरु अफै सरसफाईदेखि ब्यवसथापनसम्मको कार्यमा लागेका छन् । ब्याडमिन्टनका वरिष्ट खेलाडी बुधसागर चौधरीदले कभर्ड हललाई ब्यवस्थापन गर्न नगरपालिकाले चासोलिनु पर्ने बताए । कोरोना भाइरस कोभिड –१९ को असरबाट ठप्प भएको खेलकुद अझै चलायमान हुन सकेको छैन् । गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्रजस्तै खेलकुद पनि फर्किने सोचमा छ । नपा क्षेत्रमा भएका ब्याडमिन्टन खेलाडी पहिला खुलामा खेल्न बाध्य थियो । अब कभर्डहल भित्र खेलदा खेल पनि राम्रो हुनेभो भने थला परेको खेलकुद फर्किनु अहिलेको आवश्यकता हो । सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा खेलाडी अनोज यादबले भने,‘अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । हल व्यवस्थापन गर्न थप बजेट विनयोजन गर्नु पर्छ ।’ बरमझियाका स्थानीयवासीहरुले कभर्डहलको सरसफाइ देखी आवश्यक पर्ने ब्यवस्थापन गर्नेमा सहयोग गर्नु सकारात्मक रहेको बताउँदै यसले खेलकुदप्रतिका स्थानीयको लगावपनि धेरै रहेको कञ्चनरुप व्यापार संघका कोषाध्यक्ष एवं खेलाडीहरुको घनश्याम गुप्ताले वताए ।
प्रतिक्रिया