नेपाल शिक्षक महासंघद्धारा शिक्षक सरुवाको निर्णय बदर गर्न माँग

  • आश्विन २२, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,असोज २१ गते । नेपाल शिक्षक महासंघ सप्तरीले अधिकार विपरीत सप्तकोशी नगरपालिकाले पालिका क्षेत्रका आधारभूत विद्यालय तहका शिक्षक सरुवा गरेको भन्दै त्यसको बिरोध गर्दै निर्णय बदर गर्न माँग गरेका छन् ।

शिक्षक सरुवा सप्तरीको सप्तकोशी नगरपालिकाले नेपालको संबिधान, कानुन विपरित नगरपालिका भित्रका शिक्षकहरुलाई सरुवा गरेकोले बदर गर्न माँग गरेका हुन ् । नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षतामा असोज २० गते बसेको बैठकले सरुवा बदर गर्न माँग गरेका हुन् । उतm नपा भित्र प्रा. वि.,नि. मा. वि.तथा मा.वि. तह गरि ११ ओटा विद्यालय छन् ।

नेपाका शिक्षा समितिको निर्णय तथा शिक्षा शाखाका पत्र वमोजिम नपा भित्रका शिक्षकहरुको दरवन्दि मिलानको नाउँमा नेपालको संविधान ,शिक्षा ऐन,शिक्षा नियमावली ,तथा शिक्षा विज्ञान प्रविधि मन्त्रालायको पत्र वमोजिम तथा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११को उपदफा २ ,को खण्ड (ज)अनुसार सरुवा नभएको हुँदा उतm नियम विपरितको काज सरुवा वदर गर्ने निर्णय भएका महाँसघका अध्यक्ष दिनेश यादबले बताए ।

नपाका शिक्षा शाखा प्रमुख रमेश खडकाका अनुसार शिक्षकहरुका सरुवा नगरेर आन्तरीक नपा भित्र दरवन्दि मिलान गरेको दावी गरे । ‘धेरै विषयको शिक्षक एउटै स्कुलमा भएको हुनाले दरवन्दि मिलान सहित काजसरुवा गरिएको ।’ उनले भने,‘ कानुन भित्रै रहेर निर्ण भएको हो ।’

प्रतिक्रिया