सप्तरी,कार्तिक १० गते । सप्तरीको तिरहुत गाउँपालिका–३की १८ बर्षिया दलित किशोरीलाई बलात्कृत भएकी छिन् ।
घटना संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । गत शनिबार राति करिब ८ बजे घर नजिकैको बाँसघारीमा शौच गर्न निस्कदा यूवाहरुको एक समूहले दुवै जना किशोरीलाई नियन्त्रणमा लिइ घर भन्दा करिब चार सय मिटर टाढा बाँसघारी नजिक रहेको समाधी अस्थलमा लगरेको बलात्कार गरेको पिडीतले बताइन् । पिडीतका आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेको र उनीसँगै गएकी अर्का किशोरी समेत हस्याङ्ग–फस्याङ्ग गर्दै आइरहेको अवस्था भेटिएको बताइन् ।
पिडीत किशोरीद्धयका आमाले सोमबार इलका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । दुई जना किशोरीमध्ये एक जनालाई जर्वजस्ती करणी भएको र एक जनालाई प्रयास मात्रै भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए ।
घटनामा संलग्नमध्ये एक जना सुनिलकुमार साहलाई पक्राउ गरि कार्यवाही अघि बढाइएको र घटनामा संलग्न थप अभियुक्तहरुको खोजी भइरहेको डिएसपी सिंहले बताए । इप्रका कञ्चनपुरमा तीन महिनामा ६ वटा बलात्कारको घटना दर्ता गरि कार्यवाही प्रक्रिया अघि बढाइएको डिएसपी सिंहले बताए ।
प्रतिक्रिया