सप्तरी ११ कार्तिक । नेकपाका नेता एवम् संविधान सभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणका मंगलबार मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी ६२ वर्षिय चौधरीलाई गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मंगलबार मंगलबार दिउँसो १ ः १५ बजे मृत्यु भएको हो ।
करिव १०र१२ दिनदेखि ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरी गत असोज २७ गते स्वास्थ्य चेकजाँचका लागि विराटनगर गएका थिए । कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आईतवार मात्रै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । समस्या थप वढ्दै गएपछि कार्तित २ गते राती करिव ९ वजे धरान रेफर गरिएको थियो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतवार राती करिव १२ वजे उनको स्वाव परिक्षणका लागि लिएको र विहान ५ वजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताका अनुसार मंगलबार चौधरीको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका करिव ७ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाईनमा वसेका छन् । कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको सीक्रय केश १२ जना रहेकोका ७ जना आशोलेश्नमा र ५ जना सेल्फ आइशोलेश्नमा रहेको सह संयोजक गुप्ताले जानकारी दिए ।
दुई अस्पतालमा फरक फरक रिर्पोट ः चौधरीलाई श्वास फेर्न गाह्रो भई ज्वरो समेत आएकोले उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगी पीसीआर परीक्षण गराउँदा नेगेटिभ देखिएकाले घरमै ल्याई कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरूको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत श्वास फेर्न गाह्रो भएकोले कार्तिक २ गते बेलुका ९ बजे थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाई कोरोनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य शाखा कञ्चनपुरले जनाएको थियो ।
एउटा अस्पतालमा कोरोना पीसीआर परीक्षण गर्दा नेगेटिभ आउनु र अर्को अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखा पर्नुले जनतामा त्रास उत्पन्न हुने र स्वास्थ्यकर्मीहरू समेत अन्योलमा रहने भएकाले स्वास्थ्यकर्मीलाई समेत काम गर्न कठिनाइ हुने स्वास्थ्य शाखाले जनाएको थियो । यस्तो दुई खाले रिपोर्ट आउनु दुखद पूर्ण रहेको र यही कारणले गर्दा आज हुन लागेको कोभिड अस्पतालको कञ्चनरुप नगरपालिकाले उद्घाटन कार्यक्रम समेत स्थगित भएको जनाएको छ ।
बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए । २०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया