नेकपाका नेता एवं पूर्व सभासद् मानपुर चौधरीको मृत्युमा प्रचण्डद्धारा दु:ख व्यक्त

  • कार्तिक १२, २0७७
  • 0
...

सप्तरी १२ कार्तिक । नेकपा अध्यक्ष पुष्पकमल दहाल‘प्रचण्ड’ले संविधानसभा सदस्य तथा नेकपाका प्रदेश नं. २का प्रदेश कमिटी सदस्य मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबरले दुखि जनाएको छ ।

पूर्व सभासद चौधरीको  ६१ वर्षको उमेरमा मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको थियो ।  प्रचण्डले समाजिक सञ्जाल फेसबुक लेखेका छन्,‘ विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ 

सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी ६२ वर्षिय चौधरीलाई गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मंगलबार मंगलबार दिउँसो १ ः १५ बजे मृत्यु भएको हो । करिव १०र१२ दिनदेखि ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरी गत कार्तिक १ गते स्वास्थ्य चेकजाँचका लागि विराटनगर गएका थिए । कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आईतवार मात्रै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । समस्या थप वढ्दै गएपछि कार्तित २ गते राती करिव ९ वजे धरान रेफर गरिएको थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतवार राती करिव १२ वजे उनको स्वाव परिक्षणका लागि लिएको र विहान ५ वजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । चौधरीको चार जना छोरी र एक छोरा रहेका छन् । 

मंगलबार चौधरीको अन्तिम संस्कार गाउँ नजिकै रहेको धनकट्टा स्थित कोशी घाँटमा गरिएको छ । अन्तिम संस्कारमा नेकपा सप्तरीका इन्जर्चाज रामप्रित पासवान,कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्तकुमार मिश्र,नकेपा प्रदेश सदस्य महेश यादब लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
 

प्रतिक्रिया