रामभरोसी गुप्ताको निधनले रौनियार समुदायले एक कुशल अभिभावक गुमाएको छ : रौनियार सेवा समिति

  • कार्तिक १५, २0७७
  • 0
...

कञ्चनपुर,कार्तिक १५ गते । रौनियार सेवा समितिले समितिका कञ्चनपुरका अध्यक्ष रामभरोसी गुप्ताको निधनले रौनियार समुदायले एक कुशल अभिभावक गुमाएको बताएका छन् ।

रौनियार सेवा समितिले शनिबार आयोजना गरिएको श्रदाञ्जली कार्यक्रमका वक्तहरुले सो कुरा बताएका हुन् । उद्योग बाणिज्य संघ सप्तरीको पूर्व अध्यक्ष शत्रुघन प्रसाद रौनियारले रामभरोसी गुप्ता कञ्चनपुर बजारासीका लागि सदैव काम गरेको बताए । उनले भने,‘ रामभरोसी गुप्ता बजारबासीका लागि रक्षकको भूमिका निर्वाह गर्नुहुन्थ्यो ।’  कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले स्वर्गिय रामभरोसी गुप्ताले गरेको सकारात्मक कामको अनुशरण गर्नुपर्ने बताए । उनले भने,‘ कञ्चनपुरका रौनियारहरुको लागि जहिले पनि सर्घष गर्ने व्यक्तिको रुपमा उहाँको योगदानलाई भावी पुस्ताले निरन्तरता दिर्नुपर्छ ।’ स्वर्गीया गुप्ता इमान्दार ,कर्मठ अनुशासित भई राजनीतिमा प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनमा निष्ठावान पूर्वक सक्रिय भई काम गरिरहेकाले त्यसको सिको अरुले पनि गर्नुपर्ने वक्ताहरुले बताएका थिए ।

रौनियार सेवा समिति कञ्चनपुरका उपाध्यक्ष राजेश गुप्ताको अध्यक्षतमा सम्पन्न श्रदाञ्जली कार्यक्रमको प्रमुख अथिति उद्योग बाणिज्य संघ सप्तरीको पूर्व अध्यक्ष शत्रुघन प्रसाद रौनियार रहेका थिए भने कार्यक्रम संचालन डम्बर प्रसाद गुप्ताले गरेका थिए । कार्यक्रममा कञ्चनरुप व्यापार संघका अध्यक्ष चन्दन रौनियार,ठेक्केदार राजेश गुप्ता,व्यापारी पुष्कर गुप्ता,विटु गुप्ता लगायत कञ्चनपुरका रौनियार समुदायका अगुवाहरुको सहभागिता रहेका थिए । 

गत कार्तिक ४ गते कंचनपुर गाविसका पूर्व उपाध्यक्ष एवं रौनियास सेवा समितिका कञ्चनपुरका अध्यक्ष रामभरोसी प्रसाद गुप्ताको निधन भएको थियो । उनी सप्तरी जिल्ला क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रहेका थिए । गुप्ताको ६५ वर्षको उमेरमा बिराटनगर स्थित विराट नसिंह होममा उपचारका क्रममा गत कार्तिक ४ गते राती ११ बजे निधन भएको थियो । 
गुप्ता डायभिटिज, मुटु, निमोनिया र किड्नी सम्बन्धि रोगको उपचार गराउँदै आउनु भएको थियो । गुप्ता २०३६ सालदेखि नेपाली काँग्रेसमा क्रियाशील भई आफ्नो राजनैतिक यात्रालाई अगाडि बढाई संगठनलाई मजबुद बनाउँदै उपाध्यक्ष समेत बन्न सफल भएका थिए । कञ्चनपुरमा गुप्ता लोकप्रिय नेताको रुपमा परिचित थिए  ।

प्रतिक्रिया