गाउँ तहबाटै पार्टी समायोजन गर्न कार्यकर्तालाई जसपा अध्यक्ष यादबको निर्देशन

  • कार्तिक १६, २0७७
  • 0
...

कञ्चनपुर,कार्तिक १६ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले कार्यकर्ताहरुलाई गाउँ तहबाटै पार्टी समायोजन गर्न निर्देशन दिएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियर स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसमा आईतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष यादबले सो कुरा बताएका हुन् । जनता समजावादी पार्टीभन्दा पहिला एकिकरण भएका नेकपामा समेत समयोजन हुन नसकेको बताउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादबले भने,‘ राजपा र जसपाका कार्यकर्ताहरु गाउँतहबाट आफै समायोजन गरे हुन्छ,आज गरेपनि वा भोली गरेपनि तराईहरुले नै हो समायोजन गर्ने,त्यसैले गाउँ,वडा र पालिकास्तरबाट समायोजन सुरु गर्नुस् ।’

पार्टी समायोजनपछि शक्ति निमार्ण हुने भन्दै अध्यक्ष यादबले भने,‘हिमाल,पहाड र तराईका आदीवासी,दलित,मुश्लिम,थारु र महिला सबैलाई एकजुट गरेर जसपा देशकै वैकल्पिक शक्तिको रुपमा स्थापित हुन्छ ।’ सात दशक पुराना पार्टी नेकपा र नेपाली काग्रेसले समेत समावेशी पार्टी बनाउन नसकेको भन्दै अध्यक्ष यादबले भने,‘तुलनात्मक रुपमा अरु पार्टीभन्दा जसपा समावेशी छ । अझ समावेशी बनाउने प्रयास हामी गर्दैछौं ।’

प्रदेश २का समाजिक विकाश मन्त्री नवलकिशोर साहले दुर्य ५० बर्षभन्दा बढी राज्य गरेको पहाडी नेतृत्वको पार्टीले के विकाश ग¥यो ? जनताले नसोधी हामीले गएको तीन वर्षमा जम्मा एक बर्ष राम्रो काम गरेकालाई प्रश्न बढी गर्ने गदर्छ । उनले भने,‘ यसअघिका सांसदले भन्दा कैयौं गुणा बढी काम आपूmले गरेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादब,जसपाका कार्यकारणप् समिति सदस्य राजकुमार लेखी,तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर(मनोज),जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब,जसपा जिल्ला अध्यक्ष केदार यादब लगायत कञ्चनरुप,सप्तकोशी र अग्निसाईर कृष्णासवरण गाउँपालिका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यकर्ताहरुले प्रदेश २ सरकारले सन्तोषजनक काम गर्न नसकेको,स्थानीय पार्टीका कार्यकर्ताहरुको संरक्षणमा जिल्ला तथा केन्द्रका नेताहरुले ध्यान नदिएको जसपाका जिल्ला सदस्य रामेश्वर यादब,राजकुमार चौधरी,कल्पना चौधरी,गुला मियाँलगायतले प्रश्न उठाएका थिए । पार्टीमा दलितहरुको प्रतिनिधित्व र प्रदेश २ सरकारले दलितहरुको लागि सम्मानजनक बजेट विनयोजन गर्न नसकेको जसपाका दलित नेता संजय मण्डलले पार्टीअध्यक्ष उपेन्द्र यादबलाई यी कुरा सुधार गरेर अघि बढ्न सुझाव दिएका थिए ।

जसपा कञ्चनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादबको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा श्यामदेव यादबले सचालन गरेका थिए । ‘हो,म आफनो निर्वाचन क्षेत्रमा बढी रकम विनयोज गरेको छु’ समाजिक विकास मन्त्री साह कञ्चनपुर,कार्तिक १६ गते । प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले आपूmले आफनो निर्वाचन क्षेत्रमा बढी रकम विनयोज गरेको कुरा स्वीकार गरेका छन् । कन्चनरूप नगरपालिका –७ बलुवा चौकमा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथितिका रुपमा बोल्दै मन्त्री साहले सबैले आफूलाई आफनो निर्वाचन क्षेत्रमा बढी रकम विनयोज गरेको आरोप लगाउने गरेको बताउँदै उक्त आरोप सही भएको बताए । मन्त्री साहले भने,‘ जसले आफनो निर्वाक्षन क्षेत्रलाई विकाश गर्न सक्दैन,उसले जिल्ला र प्रदेशको विकाश कसरी गर्न सक्छ ? ’ मानवीय स्वभावले पनि आपूm आफनो निर्वाचन क्षेत्रमा जतनासँग कबुल गरेको वाचा अनुसार विकाश निमार्ण गरीरहेको बताए ।

कार्यक्रममा जसपाका श्रम तथा रोजगार विभगाको प्रमुख राज कुमार लेखीको समेत उपस्थिती रहको थियो । जसपाका क्षेत्रिय अध्यक्ष माधव चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया