कोरोना सक्रमणबाट मृत्यु भएका पूर्व सभासद मानपुर चौधरी श्रद्धाञ्जलीसभामा प्रचण्डलाई ल्याउन माँग

  • कार्तिक १६, २0७७
  • 0
...

कञ्चनपुर, कार्तिक १६ गते । कञ्चनरुप नगरपालिका नेकपा कार्यकर्ताहरुले पूर्व सासद मानपुर चौधरीको श्रदाञ्जलीसभामा प्रचण्डलाई ल्याउन माँग गरेका छन् ।

कोरोना संक्रमणबाट गत कार्तिक ११ गते मृत्यु भएका संविधानसभा सदस्य एवम् पार्टी प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहलाई स्थानीय नेता कार्यकर्ताहरुले सो आग्रह गरेका हुन् ।

सप्तरी कञ्चनरुप नगरपालिका–४, कविलासास्थित घरमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्न आएका प्रदेश २का अध्यक्ष प्रभु साहले आफू काठमाण्डौ गएर नेकपा अध्यक्ष प्रचण्डसँग भेटेर सभामा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रदेश २का अध्यक्ष प्रभु साहसागै पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला अध्यक्ष अशोक कुमार मण्डल,कञ्चनरुप नगरपालिका नगरप्रमुख बसन्तकुमा मिश्र,सप्तकोही नगरपालिकाका नगरप्रमुख उत्तम गौतम लगायतका नेता तथा जनप्रतिनिधिहरु एपस्थित िरहेको थियो । सप्तरीको संसदय क्षेत्र नं. १ वाट समविधान सभाका सदस्यमा विजय भएका मानपुर चौधरीको गत मंगलवार उपचारको क्रममा धरान स्थित बिप िकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रतिक्रिया