जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले पूर्व सभासद मानपुर चौधरीले आजीवन कम्युनिष्ट विचारलाई आत्मसात गरेर गरिबको पक्षमा लड्ने नेता भएको बताएका छन् ।
कोरोना संक्रमणबाट गत कार्तिक ११ गते मृत्यु भएका संविधानसभा सदस्य एवम् पार्टी प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आईतबार सानत्वना दिन आउँदा अध्यक्ष यादबले सो कुरा बताएका हुन् ।
‘सप्तरीको क्षेत्र नम्बर १ लाई कम्युनिष्टको लालकिला बनाउन मानपुर चौधरीको ठूलो योगदान छ ।’ अध्यक्ष यादबले भने,‘ ग्रामिण भेगका एक समान्य किसानको घरमा जन्मेर मानपुर चौधरीले कम्युनिष्ट बिचार र सिद्धान्तलाई आजीवन व्यवहारमा लागु गर्नुभयो ।’
अहिले जो पनि कम्युनिष्ट भएको दावी गरेपनि मानपुर चौधरी सदा जीवन उच्च बिचार बोक्ने सच्चा र इमान्दार नेता भएको अध्यक्ष यादबले बताए । ‘हामी ४४ सालदेखी सँगै काम ग¥यौं,भूमिगत अवस्थामा बकाल,जगतपुर र ओद्रहा हाम्रो सेल्टर हुन्थ्यो ।’ अध्यक्ष यादबले पूर्व सासद चौधरीको मृत्युले आफु मर्माहत भएको बताए ।
दाञ्जली दिन अध्यक्ष यादबसँग प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादब,जसपा जिल्ला अध्यक्ष केदार यादब,पूर्व सासद सूर्यनाथ यादब,लक्ष्मी चौधरी,जसपाका जिल्ला सदस्य रामेश्वर यादब,कञ्चनरुप नगर कमिटि संयोजक सुदम्बर यादब लगायतका दर्जनौ कार्यकर्ता गएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादब र पूर्व सासद मानपुर चौधरीबीच घनिष्ठ र पारिवारिक सम्बन्ध थियो ।
प्रतिक्रिया