बरमझिया अटो रिक्सा र कार दुर्घटना ः घाईते सातमध्ये २जनाको उपचारको क्रममा मृत्यु

  • कार्तिक १७, २0७७
  • 0
...

राजकुमार साह सप्तरी,कार्तिक १७ गते । सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका – २ बरमझियामा सिटि रिक्सा र कार एकआपसमा जुध्दा घाईते भएका ७ जनामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

५ जना घाईतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । आईतवार साँझ सिटि रिक्सा र कार एकआपसमा जुध्दा ठोकीदा ७ जनामध्ये ३ जनाको अवस्था गम्भिर रहेकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हनुमानगर कंकालिनी नगरपालिका–२ बस्ने ७० बर्षिया द्धारिकालाल दास र सोही नगरपालिका–१ बस्ने ७० बर्षिया बद्री मुखियाको कोशी अञ्चल अस्पतालमा उपचार क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको बा.२१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा एक आपसमा ठोकिएको थियो । कञ्चनरुप नगरपालिका–८ बजार स्थित स्वर्गिया रामभरोसी गुप्ताको श्राद्धको भोज खाएर फर्किने क्रममा साधुसंतहरु सावार अटो रिक्सालाई कारले ठक्कर दिएको थियो ।

प्रतिक्रिया