सप्तरी,कार्तिक २० गते । सामाजिक सञ्जाल इमोमार्फत् २५ लाख भारतीय रुपैयाँ चिठ्ठा प¥यो भन्दै कर वापत केही पैसा पठाउने नाममा सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवा एक जना महिला ठगिएका छन् । चिट्टाको पैसा पठाउँनु अघि कर वापतको पैसा अग्रिम तिर्नुपर्छ भन्दै ती ठगको समूहले आइसा खातुनबाट ४० हजार रुपैया ठगेका छन् ।
पीडित खातुनका अनुसार बुधबार विहानै इमोबाट फोन आयो ‘ तपाईलाई २५ लाख भारुको लौट्री परेको छ,बधाई छ । इमोमा एउटा भिडियो समेत आयो जसमा कार्यालयमा काम गरिरहेको र चेक मार्फत भुक्तानी दिएको देखाईयो ।’
पीडीत खातुनलाई इमोबाट बैंक पैसा पठाउने विस्तृत विवरण दिएको थियो । ‘ मैले छोरासँग सल्लाह गरेर आईएमईबाट ४० हजार रुपैया पठाए ।’ पीडित आईसा खातुनले भनिन,‘ उत्ताबाटबाट तपाई आफनो बैंक खाता चेक्क गर्नुस्,पैसा गइसक्यो भन्ने कल आयो । ’
पीडित महिलाले छोरालाईसँगै लिएर कञ्चनपुर बेरियरस्थित नेपाल बैंकको शाखा कार्यालयमा आएर खाता चेक ग¥यो तर पैसा आएको थिएन । खातुनले भनिन,‘ उताबाट तपाईको खातामा पैसा गइसकेको छ,३० हजार थप रकम पठाएपछि बैंक खातामा पैसा देखिन्छ भन्यो ।’ थप पैसा मागेपछि बैंक कर्मचारीले सोधीखोजी गर्दा लौट्रीको कुरा गरेपछि यो ठगी हो भनेपछि आमा छोरा आपूm पीडित भएको चाल पाएका थिए ।
नेपाल बैंकका शाखा प्रबन्धक भुवनेस यादबले भने,‘ बैंकले पनि यस्ता विषयमा समय समयमा सूचना प्रकाशित गर्छ,तर यो ठगी गर्ने समूह वैदेशिक रोजगारमा गएका परिवारका महिला सदस्यहरुलाई टारगेट गर्ने गरेको देखिन्छ।’
प्रहरीको वेवास्ता : ठगिएका महिला खातुनले विराटनगरका धर्मवति ठाकुरको नाममा २० हजार र मोरङ्गकै रोहन मण्डललाई १०÷१० हजार दुई पटक गरि ४० हजार रकम पठाएका थिए । ठगि गर्ने समूहले मोरङ्गको उर्लाबारी स्थित पूर्वाञ्चल मनी ट्रान्सफर र विराटनगर स्थित एक मनीट्रान्सफरबाट उक्त रकम झिकेका थिए । रकम भिक्दा नागरिकता प्रतिलिपीबाट सबै कुरा खुल्ने अवस्था छ । पीडितले घटनाबारे इलका प्रहरी कार्यालय कञ्चनपुरमा मौखिक उजुरी गर्दा त्यहाँका डिएसपी नरेशकुमार सिंहले मोरङ्ग जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन भन्दे फर्काएको पीडित खातुनले बताइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले घटनाबारे तत्काल अनुसन्धान गर्ने लगाउने बताए ।
प्रतिक्रिया