दाबी सम्पूर्ण आकाशमा

  • कार्तिक २३, २0७७
  • 6
...

आकाश । देख्दैमा सुन्दर । को रमाउन चाहँदैन र यसमा ? कसले दाबी गर्दैन र यो सुन्दर दृश्यमाथि ? यस्तै दाबी गर्ने पछिल्लो कर्ता बनेकी छिन् शोभा ज्ञवाली । हो, उनले आफ्नो कथा सङ्ग्रह सम्पूर्ण आकाशमार्फत सिङ्गो आकाशमाथि धावा बोलेकी हुन् ।

हामीले आधा आकाशको वकालत त सुन्दै आएका हौँ । जसले महिलाले खोजेको अधिकारलाई प्रतिनिधित्व गथ्र्यो । तर यही प्रतिनिधित्वको दायरा अझ फराकिलो पार्दै कथाकार शोभा ज्ञवालीले सम्पूर्ण आकाशमाथि निष्फिक्री विचरण गर्न सक्ने शक्ति महिलामा भएको दाबी गरेकी हुन् । त्यसैले त उनको यो सङ्ग्रहमा सङ्ग्रहित सबैजसो कथाले महिलाको शक्ति यस धरतीमा मात्र सीमित नभई सिङ्गो आकाशसमेत चुम्न सक्ने रहेको दाबी गरेका छन् । कसैले प्रेममार्फत, कसैले सहयोगमार्फत, कसैले शान्तिपूर्वक बदलामार्फत, अनि कसैले सन्देश र भावपूर्ण पश्चातापमार्फत आफ्ना दाबी छरपष्ट्याएका छन् ।

कोही झुकेर, कोही प्रतिवादमा उत्रेर, कोही आफ्नो अठोटलाई दृढ तुल्याएर अनि कोहीचाहिँ सिर्जनात्मक कर्म गरेर पीडकहरूलाई पछुताउने अवस्थामा पु¥याएका छन् । यस अर्थमा यो कथा सङ्ग्रहका प्रत्येकजसो पात्र आदर्श छन् । त्यागी छन् । दयावान छन् । र, छन् सहिष्णु । जसको भरपुर उपयोग गर्दै आफ्ना कथालाई उद्देश्यमूलक बनाएकी छिन् कथाकार ज्ञवालीले ।

कथाको कथा अर्थात भूमिकामा भनिए जस्तै कथाको बान्की र छाँटकाँटतर्फ लाग्नु आवश्यक छैन । वास्तवमा यी कथाका पात्रहरूले भोगेका पीडा, केही पात्रले गर्ने अधिकारको वकालत, केही पात्रले चालेका अभियान, केही पात्रले देखाएको पथ प्रदर्शन आदि हेर्दा लाग्छ, यी सबै नेपाली मध्यमवर्गीय महिलाले भोगिरहेका समस्या हुन् । त्यसलाई उतारेर कथाकार ज्ञवालीले यो वर्गका सबैको मन जितेकी छन् । भोगिरहेको तर भन्न नसकेको अर्थात गुम्सिएका पीडालाई कथामार्फत छताछुल्ल पारेर ज्ञवालीले एउटा सिङ्गो वर्गको मन हलुको त गराइदिएकी छन् नै, तिनैका आधारमा आफ्नो कथा लेखन क्षमतासमेत उजागर गर्न सफल भएकी छन् ।

२५ वटा कथा समेटिएको यो सङ्ग्रह एउटी उद्यमी महिलाले तयार पारेकी हुन् भन्दा धेरैले नपत्याउन पनि सक्छन् । किनकि उद्यमी भएकै कारण उनले यस्ता समस्या सामना गर्नु नपरेको अनुमान गर्न सकिन्छ । तर पनि आफूले सामना नगरेकै विषयमा पनि यति राम्रोसँग समस्या निकालेर प्रस्तुति गर्न सक्नु लेखिका शोभाको राम्रो खुबी हो भन्न कुनै हिच्किचाहट मान्नुपर्दैन । कुनै पनि साहित्य जीवनसँग जोडियो भने मात्र त्यो प्रभावकारी हुन सक्ने मान्यता राखिन्छ ।

खासमा कल्पनाले मात्र मानिसलाई साहित्यसँग जोड्न सक्दैन । एकछिन पढ्यो अनि बिस्र्यो हुने कारण पनि त्यही हो । त्यसैले जुनसुकै कुरा पढ्दा वा सुन्दा पनि त्यो आफैँसँग सम्बन्धित भए जस्तो, कोही आफन्तले भोगेको पीडा जस्तो महसुस हुने र चिनेजानेकै मानिसको अनुभूति प्रतीत हुने भयो भने त्यसले मनलाई छुन्छ । अघिल्ला पङ्तिहरू पढ्ने जाँगर चलाउँछ ।

त्यसैले यो मामलामा पनि कथाकार ज्ञवाली सफल छिन् भन्ने कथा पढ्ने जोकोहीलाई पनि भन्नै मन लाग्छ । पाठकले दसैँ र तिहारको फुर्सदको समय उपयोग गरुन् भनेर यति नै बेला पुस्तक सार्वजनिक गरेको होला भन्ने लाग्छ । मञ्जरी प्रकाशनले प्रकाशन गरेको यो पुस्तक अनलाइनमार्फत घरैमा मगाउन सकिन्छ भने पिडिएफ कपी पनि डाउनलोड गरेर पढ्न सकिन्छ । राम्रो सम्पादन भएकाले पढ्नेलाई पनि कतै रोकिनुपर्दैन । सरर अघि बढ्न कुनै कठिनाइ छैन । त्यसैले पनि पुस्तक पठनीय लाग्छ । अझ कथापिच्छेका रङ्गीन स्केचले त सङ्ग्रहको नयाँ र फरकखाले विशेषता पनि झल्काइदिएको छ । जे होस्, मध्यमवर्गाीय महिलाका पीडालाई कथामार्फत बुझ्न चाहने, नारी शक्तिको तौल छाम्न चाहने अनि कसरी वैगुनीलाई पनि शान्त र धैर्यपूर्वक लाइनमा ल्याउन सकिन्छ भन्ने सूत्र जान्न यो कथा सङ्ग्रह पढ्नैपर्छ भन्ने लाग्छ ।

कथाकार ज्ञवालीका आगामी कृतिहरू अझै दमदार भएर आउने सङ्केतसमेत दिन्छ सम्पूर्ण आकाशले । लेखिकाको सम्पूर्ण आकाशमाथिको दाबी पूरा होस्, शुभकामना ।

प्रतिक्रिया

QauJedWvAlGkhr

२0८१ जेष्ठ १७ गते ५:३४

qyZGhnRbIuSJ

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

axGnjSMcBHJUd

२0८१ श्रावण ६ गते २२:४३

QeDrnwbZOlUPLSxG

  • 0 Likes
  • 0 Dislikes

axGnjSMcBHJUd

२0८१ श्रावण ६ गते २२:४३

QeDrnwbZOlUPLSxG

  • 0 Likes
  • 0 Dislikes

QauJedWvAlGkhr

२0८१ जेष्ठ १७ गते ५:३४

qyZGhnRbIuSJ

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

NvPmqIROhdn

२0८१ श्रावण ६ गते २२:४३

HVTNgcXuWDBvKPy

  • 0 Likes
  • 0 Dislikes

NvPmqIROhdn

२0८१ श्रावण ६ गते २२:४३

HVTNgcXuWDBvKPy

  • 0 Likes
  • 0 Dislikes