कञ्चनपुरमा एक लाख ४० हजार रकम सहित जुवा खेलबाट १० जना पक्राउ

  • मंसिर २, २0७७
  • 0
...

कञ्चनपुर,कार्तिक मंसिर १ गते । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आइतबार राति कञ्चनरुप नगरपालिकाको कार्यालय नजिकबाट १० जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले राति २ ः ३० बजेको समयमा बिशाल टेन्ट हाउसमा तास खेल्दै गर्दा एक लाख ४० हजार ६ सय ३० रुपैया सहित १० जनालाई पक्राउ गरेको हो ।

घटनास्थलमबाट १० था मोइबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कञ्चनरुप नपा–८का ४० बर्षिया बिरेन्द्र प्रसदा गुप्ता, कञ्चनरुप –८ मा माछा फारम संचालन गर्ने ३९ बर्षिया बिनोद कुमार यादब, ६८ बर्षिया भरत प्रसाद गुप्ता,जीवन प्रसाद गुप्ता, वडा नम्ब ४ बकालका राजेन्द्र (राजु) ठाकुर, ४८ बर्षिया भागवत साह,जयन्द्र बिक्रम साह,संजिब कुमार साह (बब्लु) र भारत जिल्ला सुपौल ग्राम पञ्चायत भिमनगर–१० बस्ने सन्तोष गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले बताए । पक्राउ गरिएको सबैलाई इप्रका कञ्चनपुरमा राखिएको छ ।

के सजाय हुन्छ ?

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

प्रतिक्रिया