कञ्चनपुर,मंसिर ३ गते । सप्तरी प्रहरीले बुधबार सप्तकोशी नदीमा भारतबाट अबैध रुपमा भंसार छली ल्याउँदै गरेको १२ लाख बराबरको अवैध समान बरामद गरेको छ ।
बुुधबार विहान करिब ४ बजे सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१४ स्थित सप्तकोशी नदीमा भारतबाट अबैध रुपमा भंसार छली चुराका सेटहरु ढुङगामा लोड गरी ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।
प्रहरीले १८ हजार मुल्यको सप्तरंगी कागज, ५ हजार पर्ने झिली कागज ३२ बन्डल, १५ हजार पर्ने र्यापिङ पेपर ५ बन्डल, एक लाख पर्ने खम्बा फुल,८० हजार पर्ने बाला चुरा सेट, करिब ५ लाख पर्ने १७२ दर्जन बाला सेट चुरा, २५ हजार पर्ने १२७ चुरा सेट, एक लाख ५० हजार पर्ने डुङगा एक थान गरि आठ लाख तिरानब्बे हजार बराबरको अवैध समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यसैगरि बुधबार बिहानको राती १ ः ३० बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका वडा न.११ स्थितमा भारतबाट ८ हजार ६ सय ८० रुपैया बराबरको चुराका सेट बरामद गरेको जनाएको छ ।
प्रहरीले ८ हजार सय ८० को समान बोक्ने प्रदेश न.०१–०४–०००१ ह.००७३ न.को अटो रिक्सा समेतलाई पक्राउ गरि आवश्यक कार्यवाहीका लागि भंसार कार्यालय राजविराज पठाएको जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा न.११ बस्ने बर्ष २० को अटो रिक्सा चालक सेवाज खंग र समान धनी महोतरी गौशला नगरपालिका २ बस्ने बर्ष ३६ सन्तोष कुमार साह समेतलाई पक्राउ गरि कार्यवाही अघि बढाएको छ ।
प्रतिक्रिया