कञ्चनरुपमा करेन्ट लागेर हात्तीको मृत्यु,मरेको हात्तीलाई पूजा गर्न आउनेको भिड

  • मंसिर ७, २0७७
  • 0
...

कञ्चनपुर,मंसिर ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –५ स्थित पडेमारामा आईतबार राति एक हात्ती करेन्ट लागेर मरेको छ ।

समूहमा रहेको हात्तीले ३३ हजार केवीको विद्युतको तार छोएका कारण करेन्ट लागेर मरेको कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा,सुनसरीका प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए ।

हात्ती मरेको खबर पैmलिएपछि हजारौंका संख्यामा हेर्नेहरुको भिड लागेको छ । कञ्चनपुर–फत्तेपुर सडक समेत जाम हुनेगरी गाउँ–गाउँबाट मान्छेहरु मरेको हात्ती हेर्न र त्यहाँ सेल्फी खिच्न थालेको छ ।

कोरोना माहामारीबीच विना माक्स हजारौं व्यक्तिहरुको भिडले संक्रमण समेत पैmलिन सक्ने चिन्ता स्थानीयको छ । इलका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरीको एक टोली भिड व्यवस्थापन गर्दैछन् । कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहाका प्रतिनिधि,जिल्ला वन कार्यालय,नेपाली सेनाको कुशहा गणका सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको पूर्व प्रिपा,धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितका अध्यक्ष बच्चुलाल चौधरीले बताए ।

मृत हात्तीलाई गणेश भगवान भन्दै पूजा र दर्शन गर्नेको भिड छ । विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख रोशन सिंहका अनुसार हात्तीलृ ३३ हजार केवी प्रशारण लाईनको पोलमा समते क्षति गरेको छ । राति करिब २ बजेदेखी नै कञ्चनरुप,सप्तकोशी,बेल्टार लगायतमा बत्ती कटेको छ । प्रमुख सिंहका अनुसार तत्काल पोल झुकेको र तार समेत चुडिएको कारण विद्युत गएको र साँझसम्म भारदहबाट विद्यतु जोएि पनि राति समस्या हुन सक्ने बताए ।

प्रतिक्रिया