सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधरणसभा सोमबारबाट सुरु भएको छ ।
प्रत्येक वर्ष भव्यताको साथ सहयोगीले साधरणसभा गर्दै आएपनि कोरोना महामारीलाई मध्य नजर गर्दै यस पटक चारदिनसम्म सभा चल्ने संस्थाका अध्यक्ष अनोजकुमार यादबले बताए ।
सभाको पहिलो दिन तिरहुत गाउँपालिका र भारदहका शेयर सदस्यसँग अन्तक्रिया कार्यक्रम गरेको छ । ‘ एकै पटक बोलाउदा धेरै भिडभाड हुने भएकोले पालिकागत रुपमा रहेको शेयर सदस्यलाई बोलाएर कार्यक्रम गर्दैछौं । ’ संस्थाका अध्यक्ष यादबकका अनुसार भौतिकदुरी कायम गर्दै छलफल कार्यक्रम गरिएको छ ।
अन्तक्रिया कार्यक्रममा संस्थाका व्यवस्थापक विनोद कर्णले संस्थाका आयव्यय प्रस्तुत गरेका थिए । सहकारी संस्थामा किन आवद्ध हुन जरुरी छ ? बैंक र सहकारीमा के फरक छ ? सहयोगीले शेयर सदस्यका लागि कस्ता कस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गर्दैछन् ? लगायतका विषयमा व्यवस्थापक कर्णले जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष अनोजकुमार यादबले दिप प्रज्जलन गर्दै उद्घाटन गरेको कार्यक्रममा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष संजय खडगाले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका ऋण अधिकृत उमेश परिहस्त,रेमिट्यान्स शाखा प्रमुख उमेशकुमार यादब लगायतले संस्थाको अवस्थाको विषयमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागी तिरहुत गाउँपालिका–१का रामेश्वर खंगले सहयोगी संस्थाले मुनाफा आफनो शेयर सदस्यमा वितरण गरेको सुन्दा खुशी लागेको बताए । कार्यक्रममा संस्थाका सचिव शोभा गुप्ता,कोषाध्यक्ष सुरेन्द्र माझी,बोर्ड सदस्य अर्जूृन पंजियार लगायतको सहभागिता रहेका थियो ।
प्रतिक्रिया