राजकुमार साह
कञ्चनपुर,मंसिर ८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –५ स्थित पडेमारामा शनिबार राति करेन्ट लागेर मरेको हात्तीको शव व्यवस्थापन गरिएको छ ।
समूहमा रहेको हात्तीले ३३ हजार केवीको विद्युतको तार छोएका कारण करेन्ट हात्तीको मृत्यु भएको थियो । मरेको कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा,सुनसरीका प्रमुख चन्द्रशेखर चौधरी,इलका प्रहरी कार्यालय कञ्चनपुर,नेपाली सेना र कञ्चनरुप नगरपालिका प्रतिनिधिको रोहवरमा मरेकै ठाउँमा शव व्यवस्थापन गरिएको छ । पूर्व प्रिपा,धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार हात्तीको दाँत,पुच्छर र नङ्ग लगायतका महत्वपूर्ण अङ्ग आरक्ष कार्यालयले संकलन गरेपश्चात पूजापाठ गरि शव व्यवस्थापन गरेको हो ।
हात्ती मरेको खबर पैmलिएपछि हजारौंका संख्यामा हेर्नेहरुको भिड लागेको छ । कञ्चनपुर–फत्तेपुर सडक समेत जाम हुनेगरी गाउँ–गाउँबाट मान्छेहरु मरेको हात्ती हेर्न आएका थिए । हेर्न आएका जनसमुदायले मरेको हात्तीलाई पूजा गर्नका साथै पैसा चढाएका थिए ।
टिमलिडर थियो दाह्रे
मृत्यु भएका हात्तीलाई ठुलो दाह्रेको नामले परिचित थियो । दाह्रे कोशी टप्पुमा रहेका जङली हात्तीको टिम लिडर पनि थियोे । आरक्ष क्षेत्र आसपासको सुनसरी सप्तरी र उदयपुरका गाउँ वस्ती घुम्दा मकुना लगायतका हात्तीहरू प्राय यसै सग हिड्ने गर्थे ।
दाह्रेको काम रूखको हागा भाच्ने बिजुलीको तार चुडाउने दाह्रामा करेन्ट नलाग्ने भएकोले तार पन्छाउने बाटो किल्यर गर्ने काम दाह्रेको थियोे । घर भत्काउनु अगाडि दाह्रेले अगुवाइ गर्ने गरेको थियोे । जे कुरामा निपुण थियोे त्यही धरापमा परेर उनको बिहानै ज्यान गयो । पाँच वटा हात्ती सगै गाउँ पस्ने क्रममा बिजुलीको तार चुडिदा दाह्रेको मृत्यु कञ्चनरुप–५ पडेमारामा भयो । कोशी टप्पुमा रहेका जङली हात्तीको सख्यांका एउटा घटेको छ ।
प्रतिक्रिया