कञ्चनपुर,मंसिर ९ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधरणसभाको दोस्रोदिन मंगलबार कञ्चनरुप नगरपालिकाको वडा नम्बर १,२ र ३का शेयर सदस्यहरुसँग छलफल गरेको छ ।
कार्यक्रममा सहभागी कञ्चनरुप नगरपालिका–१का रामदवे खंग र रब्वान शेखले संस्थाले विपन्न र गरिबका लागि सहयोगीले धेरै सहयोग गरेको चर्चा गरेका थिए । ‘ सहयोगीले गाउँका जमिनदार र सुधखोरले ३६ देखी ६० प्रतिशतसम्म चर्को ब्याजमा ऋण लिएर गरिबीको दुश्चक्रमा परेका गरिबलाई ठूलो राहत प्रदान गरिरहेको छ ।’ समाजसेवी समेत रहेका रामदेव खंगले भने,‘सहयोगी जस्तै सबै संस्था गरिबी निवारणतर्फ लगानी गरे चाडै गरिबी अन्त्य हुन्छ ।’ संस्थाका अध्यक्ष अनोजकुमार यादबका अनुसार संस्थाको १९ करोडको लगानीमा करिब १२ करोड गाउँका ३६ प्रतिशत ब्याजले पीडित गरिब परिवारमा लगानी गरेको बताए । अध्यक्ष यादबले भने,‘ हामी गाउँबाट चर्को ब्याज न्यूनिकरणका लागि अभियान चलाउँदै छौं । सबै सहकारी यसमा ध्यान दियो भने गरिबी न्यूनिकरण गर्न सकिन्छ ।’
संस्थाका अध्यक्ष अनोजकुमार यादबको अध्यक्षतामा सम्पन्न दोस्रोदिनको छलफल कार्यक्रममा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष संजय खडगाले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका ऋण अधिकृत उमेश परिहस्त,रेमिट्यान्स शाखा प्रमुख उमेशकुमार यादब लगायतले संस्थाको अवस्थाको विषयमा प्रस्तुती गरेका थिए । प्रतिशतकार्यक्रममा संस्थाका सचिव शोभा गुप्ता,कोषाध्यक्ष सुरेन्द्र माझी,बोर्ड सदस्य महेश गुप्ता,अर्जूृन पंजियार लगायतको सहभागिता रहेका थियो ।
प्रत्येक वर्ष भव्यताको साथ सहयोगीले साधरणसभा गर्दै आएपनि कोरोना महामारीलाई मध्य नजर गर्दै यस पटक चारदिनसम्म सभा चल्ने संस्थाका अध्यक्ष अनोजकुमार यादबले बताए ।
सभाको पहिलो दिन तिरहुत गाउँपालिका र भारदहका शेयर सदस्यसँग अन्तक्रिया कार्यक्रम गरेको छ । ‘ एकै पटक बोलाउदा धेरै भिडभाड हुने भएकोले पालिकागत रुपमा रहेको शेयर सदस्यलाई बोलाएर कार्यक्रम गर्दैछौं । ’ संस्थाका अध्यक्ष यादबकका अनुसार भौतिकदुरी कायम गर्दै छलफल कार्यक्रम गरिएको छ । अन्तक्रिया कार्यक्रममा संस्थाका व्यवस्थापक विनोद कर्णले संस्थाका आयव्यय प्रस्तुत गरेका थिए । सहकारी संस्थामा किन आवद्ध हुन जरुरी छ ? बैंक र सहकारीमा के फरक छ ? सहयोगीले शेयर सदस्यका लागि कस्ता कस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गर्दैछन् ? लगायतका विषयमा व्यवस्थापक कर्णले जानकारी गराएका थिए ।
प्रतिक्रिया