कञ्चनरुपमा पनि विद्यालय सञ्चाल सम्वन्धी कार्यढाँचा अनुसार विद्यालयहरु सञ्चालन

  • मंसिर ११, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,मंसिर १० गते । 
सप्तरीको कञ्चनरुप नगरपालिकाले कोभिड – १९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ लाई पालना गर्दै गएको आईतबारबाट विद्यालय सञ्चालनमा ल्याएका छन् ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वस्नत कुमार मिश्रका अनुसार संधिय सरकारले जारिगरेका विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचालाइ पालन गर्दै  स्वास्थ्य मापदण्ड सहित भौतिकद्धरी कायम गरेर नगरभित्र रहेका सम्पूर्ण विद्यालय,क्यापस चरणबद्ध रुपमा सञ्चालनमा ल्याउने र्निणय गरिएको बताए ।

गत मंसिर ७ गतेवाट विद्यालयहरु सञ्चालनमा आएपनि पहिलो चरणमा कक्षा ८,९ र १० लाइ सुचारु गर्न अनुमति दिएको छ भने दोस्रो हप्तापछि कक्षा ५ देखि माथिको कक्षा सञ्चालनमा ल्याउने तयारी छ । नगरप्रमुख मिश्रले क्रमिकरुपमा स्वास्थ्य अवस्थाहेरी बाँकीको सवै कक्षाहरु सञ्चालनमा ल्याउने बताए ।

कञ्चनरुप न.पा.का शिक्षा शाखाका अनुसार नगरभित्र समुदायीक विद्यालयको संख्या ३२ र  निजि विद्यालयको संख्या २७ रहेको छ । जस्मा समुदायीक तर्फ ८ ओटा मा.वि र ५ओटा मदरसा सहित वाँकी आद्यारभूत विद्यालय छन् । यसैगरि निजि विद्यालय तर्फ ५ ओटा मा.वि. रहेछ । हाल सम्मपनि कञ्चनरुप नगरपालिका –११स्थित दुर्गा आधारभूत विद्यालयमा आईसोलेस्न सेन्टर सञ्चालनमा रहेका छन् । जसका कारण यस विद्यालयमा भएका विधार्थी वाल,वालिका स्कुलजानवाट बन्चित भएका छन् । शाखाका अनुसार आईसोलेस्न सेन्टरको रुपमा रहेका विद्यालयको चाडै ब्यवस्थापन गरेर स्कूल सञ्चालन हुन्छ । 
 

प्रतिक्रिया