कञ्चनपुर,मंसिर ११ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधरणसभाको तेस्रो दिन बुधबार पनि छलफल गरेको छ ।
सहयोगीले बुधबार कञ्चनरुप नगरपालिकाको वडा नम्बर ४,७,११ र १२ का शेयर सदस्यहरुसँग छलफल गरेको छ । कार्यक्रममा सहभागी शेयर सदस्यहरुले सेवा प्रवाहमा सहयोगी जिल्लामा पहिलो स्थान बनाइसकेकोले अव प्रदेश २मा आफनो पहिचान कायम गर्नेतर्फ ध्यान दिन सुझाव दिएका छन् । संस्थाका अध्यक्ष अनोजकुमार यादबले पनिसहयोगी जिल्लामा उत्कृष्ठ संस्थाको रुपमा आफनो पहिचान कायम गरिसकेकोले अव प्रदेश तहमा पनि राम्रो बनाउन लागि पर्ने बताएका थिए ।
संस्थाका अध्यक्ष अनोजकुमार यादबको अध्यक्षतामा सम्पन्न तेस्रो दिनको छलफल कार्यक्रममा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष संजय खडगाले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका ऋण अधिकृत उमेश परिहस्त,रेमिट्यान्स शाखा प्रमुख उमेशकुमार यादब लगायतले संस्थाको अवस्थाको विषयमा प्रस्तुती गरेका थिए । प्रतिशतकार्यक्रममा संस्थाका सचिव शोभा गुप्ता,कोषाध्यक्ष सुरेन्द्र माझी,बोर्ड सदस्य महेश गुप्ता,अर्जूृन पंजियार लगायतको सहभागिता रहेका थियो ।
प्रत्येक वर्ष भव्यताको साथ सहयोगीले साधरणसभा गर्दै आएपनि कोरोना महामारीलाई मध्य नजर गर्दै यस पटक चारदिनसम्म सभा चल्ने संस्थाका अध्यक्ष अनोजकुमार यादबले बताए ।
संस्थाका अध्यक्ष यादबकका अनुसार भौतिकदुरी कायम गर्दै छलफल कार्यक्रम गरिएको छ । अन्तक्रिया कार्यक्रममा संस्थाका व्यवस्थापक विनोद कर्णले संस्थाका आयव्यय प्रस्तुत गरेका थिए । सहकारी संस्थामा किन आवद्ध हुन जरुरी छ ? बैंक र सहकारीमा के फरक छ ? सहयोगीले शेयर सदस्यका लागि कस्ता कस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गर्दैछन् ? लगायतका विषयमा व्यवस्थापक कर्णले जानकारी गराएका थिए ।
प्रतिक्रिया