प्रतिनिधिसभाका सांसद यादबद्धारा निमार्णधिन कर्बड हल अनुगमन

  • मंसिर १३, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,मंसिर १२ गते । सप्तरीको संघीय प्रतिनिधिसभाका क्षेत्र नम्बर –१ का प्रत्यक्ष निर्वाचित सांसद डाक्टर सूर्यनारायण यादबल शुक्रबार कञ्चनरुप नगरपालिका–२ बरमझियामा निर्माणधिन कबर्ड हलको अनुगमन गरेका छन् ।

‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत निमार्णधिन उक्त कर्बड हलमा गत आर्थिक वर्ष २०७६÷०७७ मा ३० लाख रकम विनयोन गरिएको थियो । 

यसअघि आर्थिक वर्ष २०७५÷०७६मा २० लाख बजेट विनयोजन भएपनि ७ लाख ४९ हजार रुपैया मात्रै खर्च भएको थियो । अनुगमन गर्न आएका सासंद यादबले चालु आर्थिक वर्षमा समेत १५ लाख रकम विनयोन गरिएको जानकारी गराएका थिए । कर्बड हलमा कञ्चनरुप नगरपालिकाका एक दर्जनभन्दा बढी खेलाडीहरु नियमित रुपमा खेलीरहेको देख्दा रकम सदुउपयोग भएको सांसद यादबले बताए । विहानै अनुगमन गर्न पुगेका सांसद यादबले केही बेर खेलाडीहरुसँग ब्याडमिन्टन समेत खेलेका थिए । अनुगमनका क्रममा खेलाडीहरुमध्येबाट अनोजकुमार यादबले कर्बड हल निमार्णको लागि निरन्तर बजेट बिनोजन गरेकोमा सांसद यादबलाई धन्यवाद दिएका थिए । सहयोगीको १३ औं साधरणसभा सम्पन्न, खुद नाफा ३३ लाख पुग्यो कञ्चनपुर,मंसिर १२ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधरणसभा शुक्रबार सम्पन्न भएको छ ।

गत सोमबारबाट सुरु भएको सभा शुक्रबार सम्पन्न भएको हो । सभामा संस्थाका व्यवस्थापक विनोद कर्णले संस्थाका आयव्यय प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सहयोगीले २३ करोड १७ लाख १८ हजार सय ३७ रुपैयाको कारोबार गरेकोमा खुद नाफा ३३ लाख ९३ हजार ४ सय ९३ रुपैया भएको जानकारी गराएका थिए ।

व्यवस्थापक कर्णका अनुसार संस्थामा गत आर्थिक वर्षमा १६ करोड २९ लाख १० हजार ५ सय ९७ रुपैया ऋण लगानी गरिएको र शेयर पूँजी १ करोड ७५ लाख ५६ हजार ८ सय रहेको बताए । साथै संस्थाको बचत निक्षेप १४ क।ाृ १५ लाख ५४ हजार ६ सयि ३६ रहेको व्यवस्थापक कर्णले जनाए । संस्थाका अध्यक्ष अनोजकुमार यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्तकुमार मिश्र रहेका थिए भने कार्यक्रममा सहभागीलाई स्वागत संस्थाका उपाध्यक्ष संजय खडगाले गरेका थिए । शेयर सदस्यहरुलाई बार्षिक प्रगति र अगामी नीति तथा कार्यक्रमबारे संस्थाका सचिव शोभाकान्त गुप्ताले पेश गरेका थिए ।

कार्यक्रममा पूर्व शिक्षक बुद्धिसागर चौधरी,धनेश्वर साह,नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाका प्रबन्धक भुवनेश यादब लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोरोना माहामारीलाई मध्य नजर गर्दै सहयोगीले चारदिनसम्म पालिका र वडागत रुपमा शेयर सदस्यहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया