कञ्चनरुपका मेयरद्धारा कोरोनालाई धन्यावाद,सहयोगीले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने

  • मंसिर १३, २0७७
  • 0
...

कञ्चनपुर,मंसिर १२ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष अनोजकुमार यादबले गरिब विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षामा सहयोग गर्ने बताएका छन् ।

संस्थाको शुक्रबार सम्पन्न १३ औं साधरणसभामा सहभागीहरुबाट आर्थिक अवस्था कमजोर भएका कारण प्राविधिक शिक्षा पढ्न बञ्चित विद्यार्थीलाई सहयाग गर्नु पर्ने सुझाव आएपछि अध्यक्ष यादबले अगामी आर्थिक वर्षबाट त्यस्तो गरिब विद्यार्थीको निवेदन आए संचालक समितिबाट निर्णय गरेर पढ्न सहयोग गर्ने उद्घोष गरेका थिए ।

सहयोगीले १० हजारभन्दा बढी शेयर सदस्यको दुर्घटना,मृत्यु वा गम्भिर बिरामी तथा प्राकृतिक विपतबाट पीडित परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन् । त्यस्तो सहयोग सहयोगी बाहेक कुनै सहकारीले गरेको छैन । सहयोगी संस्थाको कार्यक्षेत्र जिल्लामा विस्तार गर्ने र समाजिक क्षेत्रमा समेत थप काम गर्ने नीति अख्तियार गरेको बताउँदै अध्यक्ष अनोज कुमार यादबले भने,‘ हामी सामुहिकता विश्वास गर्छौ,कोरोनाकालमा समेत कर्मचारीहरुले जोखिम मोलसलएर खटेको र शेयर सदस्यहरुले समेत साथ दिएको कारण संस्थाको प्रगति भएको छ ।’

कार्यक्रममा नगर प्रमुख वसन्तकुमार मिश्रले कोरोनालाई धन्यवाद दिएका थिए । मिश्रले कोरोनाका कारण धेरै व्यक्ति सरसफाईमा ध्यान दिएको र आफनो स्वास्थ्यप्रति ख्याल राख्न थालेकोले कोरोनालाई धन्यवाद दिनुपर्ने बताएका थिए । सहयोगी संस्था जिल्लाका दुई ६३ संस्थामध्ये पहिलो भएकोमा नगरपालिकातर्फ धन्यवाद दिदै नगरप्रमुख मिश्रले सबै सहकारीको विकास भए मात्रै नगरपालिकाको पनि विकास हुने बताए ।

नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाका प्रबन्धक भुवनेश यादबले सहयोगीले खराब कर्जा घटाउनु पर्नेमा जोड दिएका थिए । ‘ संस्था जति ठूलो हुदैँ जान्छ त्यक्ति नै खराब कर्जा बढ्ने सम्भावना हुन्छ,त्यसलाई समयमै रोक्नु पर्छ ।’ शाखा प्रबन्धक यादबले भने,‘ सहयोगी टीम स्प्रीट मिलेको र सेवा प्रवाहमा राम्रो व्यवस्थापनका कारण तिब्र गति प्रगति गरिरहेको छ ।’ कार्यक्रम पूर्व शिक्षक जयकान्त गोईतले संस्थाको प्रगति राम्रो भइरहेको र समाजिक क्षेत्रमा अव विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न सहयोगीले सहयोग गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया