कञ्चनपुर,मंसिर १२ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधरणसभा शुक्रबार सम्पन्न भएको छ ।
गत सोमबारबाट सुरु भएको सभा शुक्रबार सम्पन्न भएको हो । सभामा संस्थाका व्यवस्थापक विनोद कर्णले संस्थाका आयव्यय प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सहयोगीले २३ करोड १७ लाख १८ हजार सय ३७ रुपैयाको कारोबार गरेकोमा खुद नाफा ३३ लाख ९३ हजार ४ सय ९३ रुपैया भएको जानकारी गराएका थिए ।
व्यवस्थापक कर्णका अनुसार संस्थामा गत आर्थिक वर्षमा १६ करोड २९ लाख १० हजार ५ सय ९७ रुपैया ऋण लगानी गरिएको र शेयर पूँजी १ करोड ७५ लाख ५६ हजार ८ सय रहेको बताए । साथै संस्थाको बचत निक्षेप १४ क।ाृ १५ लाख ५४ हजार ६ सयि ३६ रहेको व्यवस्थापक कर्णले जनाए ।
संस्थाका अध्यक्ष अनोजकुमार यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्तकुमार मिश्र रहेका थिए भने कार्यक्रममा सहभागीलाई स्वागत संस्थाका उपाध्यक्ष संजय खडगाले गरेका थिए ।
शेयर सदस्यहरुलाई बार्षिक प्रगति र अगामी नीति तथा कार्यक्रमबारे संस्थाका सचिव शोभाकान्त गुप्ताले पेश गरेका थिए ।
कार्यक्रममा पूर्व शिक्षक बुद्धिसागर चौधरी,धनेश्वर साह,नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाका प्रबन्धक भुवनेश यादब लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोरोना माहामारीलाई मध्य नजर गर्दै सहयोगीले चारदिनसम्म पालिका र वडागत रुपमा शेयर सदस्यहरुसँग छलफल गरेका थिए ।
प्रतिक्रिया