कञ्चनपुर,मंसिर १४ गते । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा संचालित भगत पेट्रोल पम्प तथा कञ्चनपुर बेरियरमा यमहा शो रुमका संचालक रंजित भगत पक्राउ परेको छ । सवारी ज्यान मुदामा बुधबार भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुईसाता अगाडी भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उनलाई बिरेन्द्र बजार स्थिति घरैबाट नियन्त्रणमा लिएका छन् । पेट्रोल पम्मका संचालक भगत ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा छ । भगतलाई सवारी ज्यान मुद्वामा नियन्त्रणमा लिई कार्बाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले बताए । उनलाई अदालतबाट सात दिनको म्याद थप गरि सवारी ज्यानमुद्वा चलाएको डिएसपी सिंले जानकारी दिए ।
भगतको सवारी चालक अनुमतिपत्र समेत नभएकोले कानुन बमोजिमको कारबाही हुने प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ११ मा कार्तिक २८ गते भगत चढेको अन्टेस्ट मोटरसाइकलले वतन नखुलेको पैदल यात्रीलाई ठक्कर हानेको थियो । भगतले चलाएको मोटरसाइकलको ठक्करबाट घाईतेको बिराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको थियोे । मृतकको भने हालसम्म पहिचान हुन सकेको छैन । मृत्यु भएका ब्याक्तीको आफान्तको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया