लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको चौथो दिन सरसफाई र फलफूल वितरण

  • मंसिर १४, २0७७
  • 0
...

सप्तरी,मंसिर १४ गते । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको चौथो दिन शनिबार  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरसफाईका साथै बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । मूल समारोह समितिका संयोजक मनोहर पोखरेलका अनुसार अभियानको चौथो दिन अस्पतालका बिरामीहरु, पोषण गृहका कुपोषित बालबालिका र बाटोमा हिंडने विपन्न जेष्ठ नागरिक र बालबालिकाहरुलाई फलफूल वितरण गरिएको जनाए ।

संयोजक पोखरेलले बिरामीहरुका साथै हिंसा पीडित महिलाको सफल र दिर्घ जीवनको कामना लागि फलफूल वितरण र सरसफाई गरिएको बताए । फलफूल वितरणका क्रममा अस्पतालको आकस्मिक कक्षमा रगतको कमी भएका एक विरामीले माग गर्नासाथ समितिले तत्काल रगत उपलब्ध गराएको छ । समितिका तर्फबाट ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले बिरामीका लागि एक पाउण्ड रक्तदान गरेका थिए । 

सप्तरी युथको संयोजनमा भएको कार्यक्रममा इन्सेक, सामुदायिक सेवा केन्द्र, एकल महिला समूह, राजविराज जेसीज, उच्च अदालत बार एकाई, हुर्क नेपाल, ग्रीन नेपाल समग्रका प्रतिनिधीहरुको सहभागिता रहेको युथ सप्तरीका अमर यादवले जानकारी दिए । 

विभिन्न संघ–संस्थाको संयोजनमा मूल समारोह समितिले १६ दिने कार्यक्रमअन्तर्गत व्यक्तित्वकला, चित्रकला, कविता प्रतियोगिता, कानुनी शिक्षा, तालिम, अन्तरक्रिया, मर्यादिन महिनाबारीबारे सम्वाद, सेनेटेरी प्याड वितरण, पीडितलाई हौसला र सहयोग प्रदान, ¥यालीलगायतको कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया