कोशीटप्पु वन्यजन्तु आरक्षद्वारा वन्यजन्तुबाट पीडितलाई २ करोड २३ लाख ३८ हजार राहत वितरण

  • मंसिर १५, २0७७
  • 0
...

राजकुमार साह
क्ञ्चनपुर, मंसिर १४ गते ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीले वन्यजन्तु भएको मानवीय र बाली क्षतिबाट पीडित परिवारका लागि २ करोड २३ लाख ३८ हजार ८ रूपैया राहत उपलब्ध गराएका छन् । आरक्ष कार्यालयको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रतिवेदन अनुसार आ.व. २०७६/७७ मा मानवीय क्षतीका लागि ९५ लाख ४६ हजार ८ रूपैया र अन्य क्षतिको लागि १ करोड २७ लाख ९२ हजार गरी कूल रकम २ करोड २३ लाख ३८ हजार ८ रूपैया राहत रकम वितरण गरेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको वार्षिक प्रतिवेदन अनुसार इलाम, झापा, मोरङ्ग , सुनसरी, सप्तरी, उदयपुर र सिरहा गरी ७ वटै जिल्लाहरूका १ हजार ९ सय ६६ परिवारहरूले वन्यजन्तुहरूवाट हुने विभिन्न किसिमका क्षति भोगेका छन् । गत आर्थिक वर्ष २०७६/०७७मा सुनसरीमा २ र सिरहामा २ गरी जम्मा ४ जनाले हात्तीको आक्रमणवाट मृत्युवरण गरेका छन्  भने ११ जना सामान्य र २६ जना सख्त घाइते भएको तथ्याँङ्कले देखाउछ । 

 जंगली हात्तीको आक्रमणमा परी आ.व. २०७५/७६ मा ८ जनाले र आ.व.२०७६/७७ मा ४ जनाले ज्यान गुमाउनु परेको थियो । नेपाल सरकारले वन्यजन्तुवाट पीडित परिवारलाई राहत उपलब्ध गराउने कानुनी व्यवस्था गरेका छन् । आ.व. २०७५/७६ मा कूल रकम २ करोड ५८ लाख ७७ हजार ५ सय २० रूपैया राहत रकम वितरण भएकोले आर्थिक वर्ष २०७६/७७ को तुलनामा झण्डै १६ प्रतिश्तले कम रहेका छन् । प्रतिवेदन अनुसार आरक्ष कार्यालयले विभिन्न जिल्लामा जंगली वन्यजन्तुवाट हुने गरेको क्षति वापत राहत रकम बितरण गरेका छन् । सामान्य घाइते वापत इलाम जिल्लामा ९ हजार ७ सय ५० रूपैया , झापा जिल्लामा सख्त घाइते, पशुधनको क्षति, घरगोठको क्षति, भण्डारण अन्न क्षति र अन्न वाली क्षति लगायत वापत ५६ लाख ४१ हजार ३००सय, मोरङ जिल्लामा घरगोठ क्षति, भण्डारण अन्न क्षति र अन्न वालि क्षति लगायतमा ६० हजार उपलब्ध गराएका थिए ।

सुनसरी जिल्लामा सामान्य घाइते, मानिसको मृत्यु, सख्त घाइते, घरगोठ क्षति, भण्डारण अन्न क्षति र अन्न बालिको क्षति लगायत वापत १ करोड २ लाख ३० हजार २ सय ७२ रूपैया रकम उपलब्ध गराएको थियो । सप्तरी जिल्लामा सामान्य घाइते, सख्त घाइते, घरगोठको क्षति ,भण्डारण अन्नको क्षति र अन्न वालिको क्षति वापत २४ लाख ५५ हजार ५ सय ४८ रूपैया रहेछ  भने उदयपुर जिल्लामा सख्त घाइते, घरगोठको क्षति,भण्डारण अन्नको क्षति र अन्न वालिको क्षति वापत १८ लाख ७८ हजार ६ सय ४३ रूपैया र  सिराहा जिल्लामा सामान्य घाइते र मानिसको मृत्यु वापत गरि २० लाख ६२ हजार ४ सय ९५ रूपैया राहत रकम वितरण गरेका छन् ।

प्रतिक्रिया