राजकुमार साह
क्ञ्चनपुर,मंसिर १५ गते । सप्तरीमा एकै साथ ३ वटा आधारभूत अस्पताल भवनको शिलान्यास सम्पन सप्तरीको कञ्चनरुप नगरपालिका,सुरुगा नगरपालिका र तिरहुत गाउँपालिकाले सोमवार ४५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरेका छन् । तिरहुत गाउँपालिका–५ लोहजरमा गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर(मनोज)ले शिलान्यास गरेको छ । त्यस्तै कञ्चनरुप नगरपालिका वडा नम्बर ८ प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याको अधारभूत अस्पताल नगरप्रमुख बसन्तकुमार मिश्रले शिलान्यास गरिएको छ ।
२०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बनाउन लागिएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादव, उपप्रमुख निरु पोखरेल, कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनितिक दलका प्रतिनिधि , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराए । स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवके स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । त्यस्र्त सुरुगा नगरपालिकाको कडेरवाना प्राथमिक स्वास्थ्य केन्द्रमा समेत शिलान्या भएको छ ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने योजना छ । संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।
सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछन् । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइनेछन ।
प्रतिक्रिया