कञ्चनरुप नगरपालिका २ मा गैर कानुनी रुपमा उपभोक्ता समिति गठन गर्दै वडाध्यक्ष

  • मंसिर २८, २0७७
  • 0
...

राजकुमार साह 
कञ्चनपुर,मंसिर २७ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ ले  भवन निर्माण कार्यकोलागि गठन गरिएको उपभोक्ता समिति कानुन र सुचनाको हक विपरति गठन गरेपछि स्थानियहरु त्यसको विरोधमा उत्रेको छ । कञ्चनरुप नगरपालिका २ ले आर्थिक वर्ष २०७७ ÷७८ का लागि गठन गरिरहेका उपभोक्ता समितिमा आफन्त,बिचौलिया र पहूचवालालाई योजना संचालनको लागि उपभोक्ता समिति गठन गर्न थाले पछि स्थानिय जनताहरुले शुक्रवार वडा कार्यालयमा विरोध जनाएका छन । 

वडा कार्यालयले चालु आर्थिक वर्षको योजना संचालन गर्न  गत मंसिर १६ गते प्रकाशित सुचनामा उपभोक्ता समिति गठन गर्ने समय सिमा तोकिएको छैन, तर मंसिर २४ गते जारी सुचनामा सात दिनको म्याद तोकि सुचना जारी गरेको छ । स्थानियहरुले वडा कार्यालय नीति नियम भन्दा पनि विचौलियाको अनुसार संचालन भईरहेको आरोप लगाएका छन । चालु आ.व.मा  अधुरो वालबिकास भवन निर्माण कार्यको लागि गठन गरिएका उपभोक्ता समिति,  उपभोक्ता संरक्षण ऐन विपरित र आम नागरिक सुचनाको  हक सम्बन्धी ऐन विपरित गठन भएको स्थानिय कैजुम शेखले बताए ।“निरन्तर २ नं. वडा कार्यालयले गैर कानुनी कार्य गर्दै आएका छन ।”

जिर्ण अवस्थामा गठन भएका  वालविकास भवन निर्माण कार्य समितिका  अध्यक्ष  समेत रहेका  कैजुम शैखले भने, गत आर्थिक वर्ष २०७६/७७ मा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय ,  तराई मधेश समृद्घि कार्यक्रम अन्र्तगत २५ लाख रकम वडा नं. २ मा बालविकास भवन निर्माण कार्यको लागि विनियोजन भएको थियो । जसको उपभोक्ता समिति वडा अध्यक्ष मेहदी हुसैनको अध्यक्षतमा गठन भएका थिए । सो निर्माण कार्यको विरुधमा केही स्थानीयले अदालतमा  निषेधाज्ञा मुदा दायर गरेको थियो ।         

उक्त मुद्दाको फैसला नहुदा हुँदै  गत आ.व.मा गठित उपभोक्ता समिती विगठन गरेर चालु आ.व.का लागि  नयाँ समिति गैरकानुनी रुपमा गठन गरेको छ ।  उक्त गैर कानुनी कार्य गररेकोवारे बुझन स्थानियहरु  वडा कार्यालय पुगेपक्षि वडा अध्यक्ष हुसैन वेवस्ता गरि विभिन्न वहना वाजी गरेर  पन्छिदै आइरहेका छन् ।   पटक पटक सार्वजनिक विषयमा स्थानियहरु सुचनाको हक सम्बन्धी लिखित,मोखिक रुपमा  बुझन वडा कार्यालय पुग्ने गरे पनि  केही न केही वहना वाजी  गर्दै वडाध्यक्ष मेहदी हुसैने पन्छिने गरेको कैजुम शेखले बताए ।

उक्त वडा नं. २मा  गत आर्थिक वर्षमा अधुरो कवर्ड हल निर्माण कार्यको लागि संसदीय विकाश कोषको ३० लाख रकम विनियोजन भएको थियो । सो रकमवापत  आर्थिक कमिस्न नमिलेको कारण गत कार्तिक २६ गतेमा वडा अध्यक्षको सामनेमा वडा कार्यालयमै उपभोक्ता समितिका अध्यक्ष मुकेश चौधरी र समिति वाहिरको ब्यक्ति   हेमनारायण झा विच १ लाख रकम कमिसन वापत कुरो नमिले पछि   वडा कार्यालयमै  झडप भएको थियो ।  झाको पहुच र वडा कार्यालयले शक्तिको दूरुपयोग गरि  चौधरी माथि अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेको छ ।

सो मुद्दामा पक्राउ परेका चौधरी जिल्ला प्रशासनमा  धरौटी बुझाई छुटेका छन । यस विषयमा वडाध्यक्ष मेहदी हुसेनसंग बुझन खोज्दा कुनै प्रतिक्रिया दिन  मानेन्न् ।

प्रतिक्रिया