कोशीटप्पु वन्यजन्तु आरक्षद्धारा वन्यजन्तुबाट क्षति वापत कञ्चनरुपका पीडितलाई १३ लाख ९३ हजार राहत

  • पुष २, २0७७
  • 0
...

राजकुमार साह                                                                                                                                                                                                                                                कञ्चनपुर , पुस १ गते । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीले वन्यजन्तुबाट भएको वालिनाली ,भण्डारण अन्नबाली र घरगोठ  क्षतिबाट कञ्चनरुप नगरपालिका भित्रका  पीडित परिवारका लागि १३ लाख ९३ हजार रुपैया राहत उपलब्ध गराएका छन् । 

आरक्ष कार्यालयको आर्थिक बर्ष  २०७६/०७७ को बार्षिक प्रतिवेदन अनुसार  सप्तरीको कञ्चनरुप नगरपालिका अन्तरगत ८ वटा वडामा २ सय ११ जनका वालिनाली , भण्डारण गरेका अन्नबाली र घरगोठ लगयातको क्षति वन्यजन्तुमाध्यको  अर्ना र हात्तीबाट  सब भन्दा बढि क्षती पु¥येका छन् । कञ्चनरुप न.पा. वडा नं. १मा ३८ जनाको वालिनालीमा वन्यजन्तुबाट क्षति भएका थिए । जसमा  ३२ जनाको अर्नाबाट र ६ जनाको हात्तीबाट वालिनालीमा  क्षति भएको थियो  । उक्त क्षति वापत   १ लाख ६० हजार ५ सय आरक्ष कार्यालयले पीडितहरुलाई राहत वितरण गरेका छन् । 

यस्तै, वडा नं. २ मा १३ जनाको वालिनाली, अन्नवाली भण्डारण र घरगोठमा वन्यजन्तुबाट क्षति भएका थिए । जसमा २ जनको हात्तीबाट र ११ जनाके अर्नाबाट क्षति भएको थियो । घरगोठ ,अन्न भण्डारण तर्फ एक जना र वालिनाली तर्फ १२ जनाके  क्षति भएका थिए । उक्त क्षति वापत आरक्ष कार्यालय सूनसरीेले पीडितहरुको लागि  ८५ हजार रकम राहत वितरण गरेका छन् । वडा नं. ४मा ८ जनाको वन्यजन्तुबाट क्षति भएका थिए । जसमा वालिनालीतर्फ ४ जनाको ,घरगोठ तर्फ १ जनाको र घरगोठ सहित अन्न भण्डारण तर्फ ३ जनाको हात्तीबाट क्षति भएको थियो  ।  सो क्षति वापत कार्यालयले ७८ हजार ५ सय रकम राहत वितरण गरेका छन् ।

वडा नं. ६मा १०८ जनाको वन्यजन्तुबाट क्षति भएका थिए । जसमा २० जनाको अर्नाबाट र ८८ जनाको हात्तीबाट वालिनाली , घरगोठ र अन्न भण्डारण लगाएतमा क्षति भएको थियो । सो क्षति वापत आरक्ष कार्यालयले ७ लाख ४९ हजार ५ सय रकम राहत वितरण गरेका छन् । वडा नं. ७ मा ४ जनाको वन्यजनत मध्ये हात्तीबाट क्षति भएका थिए ।  उक्त क्षति मध्ये  वालिनाली तर्फ एक जना , घरगोठ सहित अन्न भण्डारण तर्फ दुई जना र घरगोठ ,वालिनाली लगाएत तर्फ एक जना थियो ।  उक्त क्षति  वापत कार्यालयले ६१ ह्जार रकम राहत वितरण गरेका छन ।

वडा नं. ११मा एक जनाको वन्यजन्तुबाट क्षति भएका थिए । हात्तीबाट उक्त  एक जनाको वालिनालीमा क्षति भएका थिए । सो क्षति वापत कार्यालयले १० हजार रकम राहत वितरण गरेका छन् ।
वडा नं. १२ मा ९ जनको वन्यजन्त मध्येको हात्तीुबाट वालिनालीमा क्षति भएका थिए । वालिनाली तर्फ एक जनाको ,घरगोठ तर्फ २ जनाको र घरगोठ सहित अन्न भण्डारण तर्फ ६ जनको क्षति भएको थियो । उक्त क्षति वापत आरक्ष कार्यालय सुनसरीले  १ लाख ५० हजार रकम  राहत वितरण गरेका छन् ।

वडा नं. ५मा ३० जनाको  वालिनालीमा वन्यजन्तु मध्ये हात्तीबाट क्षति भएका थिए । उक्त हात्तीबाट घरगोठ तर्फ एक जनाको ,वालिनाली तर्फ २२ जनाको र अन्नभण्डारण सहित घरगोठ तर्फ ७ जनाको क्षति भएका थियो । उक्त क्षति वापत आरक्ष कार्यालय सुनसरीले ९८ हजार ५ सय रकम राहत  वितरण गरेका छन् । नेपाल सरकारले वन्जन्तुबाट पीडित परविारलाई राहत उपलब्ध गराउने कानुनी ब्यवस्था गरेका छन् ।

प्रतिक्रिया