ज्यान मार्ने उद्योगदेखि चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

  • पुष २, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर , पुस १गते ।
सप्तरीको राजगढ गाउँपालिका–२ का ज्यान मार्ने उद्योगमा फरार सिताराम यादवलाई प्रहरीले पक्रउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राजगढ गाउँपालिकाका ७० वर्षय सनतु यादवले ज्यान मारने उधोग मुद्दा दायर गरेको थियो । मुदाको वारदात पश्चात फरार रहेका सिताराम यादवलाई मंसिर २० गते प्रहरीले पक्राउगरी मंसिर २९ गते जिल्ला अदालत सप्तरीमा पेश गरेको थियो ।

मंसिर ३० गते अदालतको आदेशले प्रतिवादी सिताराम यादवले ३० हजार रकम धरोटी राखी तारेखमा छुटेका छन् । बोदेबरसाईन नगरपालिका ७ का चोरी मुदामा कैद जरिवाना तोकिएका फरार अझियुक्त जगदेव यादवलाई समेत प्रहरीले मंसिर २९ गते पक्रराउ गरेको छ । चोरी मुद्दामा यादव प्रतिवादी हुन भने वादी नेपाल सरकार हुन । यादवलाई प्रहरीले पक्राउ गरेकै दिन जिल्ला अदालत राजविराजमा पेश गरेको थियो ।

यादव माथि लागेको कैद र जरिवाना असुल उपर गर्न बाँकी रहेकाले पक्रराउ परेको मिति गतेबाट नै कैद मयाद गणना हुने गरि यादवलाई नियमानुसार सिधाखर्च पाउने गरी मंसिर ३० गते कारागार (जेल) चलान गरेको जिल्ला प्रहरी कर्यालय सप्तरी का प्रवक्ता तथा सुचना अधिकारी डिसपी भुवनेश्वर प्रसाद साहले वताए ।

प्रतिक्रिया