काग्रेसका नेता ललन गुप्ताले ३ लाख पैसा खाएको आरोप, गुप्ता भन्छन्,मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ

  • पुष ३, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर, पुस ३ गते ।
नेपाली काग्रेसका सप्तरी क्षेत्र नम्बर एक सह–सभापति एवं कञ्चनरुप नगरपालिकाका प्रत्यासी मेयर ललन प्रसाद गुप्तामाथि सवारी दुर्घटनामा परेका एक पीडितले ३ लाख ५ हजार रकम हजम गरेको आरोप लगाएको छ ।

कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा भएको टेम्पो दुर्घटनामा पगरेको चालकलाई छोडाउन र इन्सोरेन्सबाट पैसा दिलाई दिने भन्दै नेता गुप्ताले पैसा लिएपनि काम नगरिदिएको र पैसा माग्दा उल्टै धाकधम्की दिने गरेको टेम्पु रिकसा धनिका परिबार सदस्य कबरुन फतमास  (खातुन)ले बताए । 
घटना यस्तो थियो : सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा गत वर्ष टेम्पु दुर्घटनामा परि एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । पुर्ब पश्चिम राजर्माग स्थित बरमझियामा गत बर्ष २०७६ को भदौ ५ गते ना. ३ स २१०७ नम्बरको टेम्पुवाट कञ्चनरुप न.पा. २का फागु साह (हलुवाई) शक्तघाईते भएको थियो । घाईते साहलाई उपचारको लागि बि.पी. कोइरेला बिज्ञान प्रतिसठान धरान लगेको थियो । धरानबाट थप उपचारको लागि बिराटनगरको न्यूूरो अस्पतालमाउपचारको लागि लगियो र उपचारकै क्रममा भदौ ११ गते साहको ज्यान गएको थियो । फागु साहको  छोरा बेद्यान्न साहका  अनुसार बुवाको उपचारमा लाग्ने खर्च आफै ब्यहोरेका थिए । जसमा एक दिन टेम्पु धनी सुभान मंसुरी उपचारकै क्रममा २५ हजार दिएको थियो । 

बेद्यान्न साहले भने,‘बुवाको मृत्यु पछि कानुन प्राबधान अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरी द्धारा ४ लाख ५० हजार रकम पाएको र  अरु कुनै किसीमको कसैबाट थप रकम लिएको छैन ।’
    टेम्पु रिकसा धनिका परिबार सदस्य कबरुन फतमास (खातुन)का अनुसार टेम्पु दुर्घटना पश्चात चालक नजबुल मंसुरीको चालक अनुमतिपत्र नभएकोले दुर्घटना पश्चात चालक  मंसुरी फरार भइसकेको थियो । फरारकै बिच ९ महिना पछि मंसुरीलाई कञ्चनरुप न.पां १ पोटरी हाटबाट  प्रहरी पक्राउ गरेको थियो । त्यसपछि चालक मंसुरीलाई प्रहरीबाट बचाउन र ईनसोरेन्स कम्पनिबाट रकम दिलाई दिने भन्दै कञ्चनरुप न.पा. १ स्थित बैरवाका प्रभु यादवले टेम्पु धनि सुभान मंसुरी लगाएत उनका परिबारीक सदस्यसंग सम्पर्क गरि आर्थिक लेनदेनको कुरा गरेका थिए ।
    टेम्पु धनि मंसरीले कञ्चनरुप न.पा.का प्रत्यासी मेयर पदका उमेदवार ललन गुप्ताको घरमा पुगेर ३ लाख ५ हजार रकम दिएको दावी गर्छ । पीडित कबरुन खातुनकी भन्छिन,‘ बत्ती बुझाएर आफनै घरमा गुप्ताले पैसा बुझाए पछि नत मेरो नाती चालक नजबुललाई छुट्यो न ईनसोरेन्स कम्पनिबाट दुर्घटना वापतको रकम नै पाए ।’ 

उनले भनिन्,‘ केहि दिन पछि जब गुप्तालाई मेरो काम तपाईबाट भईरहेको छैन । मैले दिएको रकम फिर्ता गरि दिनुस भनेर भन्दा गुप्ता त्यसपछि विभिन्न बहना बाजि गर्न लागे ।’ गुप्ताको नियत रकम फिर्त नगरिने देखेर प्रहरीमा मौखिक रकम बारे सबै कुरा बताउदा प्रहरीले रकम दिएको सबुत प्रमाण नभएकोले केहि सहयोग गर्न नसक्ने जवाफ दिएको पीडितले बताए । प्रहरीले गाउँमै गएर बुझनु र उतै मिलाउनु भने पछि गाउमा पंचाईत बसेर छलफल पनि गरे । छलफलमा वडा नं. १ का वडा अध्यक्ष करिम शेख बैरवका भर भलाआदमी लगाएतका उपस्थीतिमा थियो । बिचौलियाको भुमिकामा रहेका प्रभु यादव र ललन गुप्ताले लिएको रकम बारे छलफल भयो । छलफलमा गुप्ता अनुपस्थीत थियो भने वडा अध्यक्ष शेखले त्तकाल गुप्ताबाट १ लाख रकम दिलाई दिने अश्वासन दिएको दिएको थियो ।

पीडित कबरुन खातुन भन्छिन्, ‘वडा अध्यक्ष शेखले कतै नभनुस यो कुरा नत्र गुप्ताको ठूलो बेज्जती हुन्छ,म एक लाख रम फिर्ता गराईदिन्छु भनेर । तर अहिले सम्म नत शेखबाट रकम पाए न गुप्ताबाट उल्टै यी दुबै जनासंग धम्की र तत्रास पाईरहेको  छु ।’ पीडिले भनिन,‘आर्थिक, समाजिकरुपमा कमजोर भएकोले नबालक नातीलाई बचाउनको लागि ऋण गरेर गुप्तालाई रकम दिए तर गुप्ता यस्तो ठगि गर्छ भन्ने विश्वास थिएन ।’
मेरो चरित्र हत्या गर्ने प्रयास  भयो : गुप्ता

ललन गुप्ताका अनुसार घटनाबारे ईलाका प्रहरी कञ्चनपुरमा गएर त्यतीबेलाका डिसपी मकेन्द्र मिश्रलाई गाडी धनी सुभान मंसुरीलाई सहयोग गरिदनको लागि भनेका थिए । गुप्ताले भने,‘ मंसुरी र मेरो बिचमा कुनै आर्थिक लेनदेन भएको छैन ।’ उनले भने ‘ तपाईहरु कहाँ ढिलो पुग्यो यो  मुद्दा तिन चार पटक त पहिले पञ्चायती  भइसक्यो । उनले भने बरु पीडित साह पक्षलाई १ लाख रकम मंसुरीबाट कम लिनुस् भनेर पहल गरेको र कम  रकम पीडितलाई मंसुरीबाट दिलाए  छु । तर गुप्ताको यो दाबिमा सत्यता छैन, दुर्घटनामा मृत्यू भएका साह  परिवारले नियम अनुसारको सबै पैसा पाइसकेको बताए । गुप्ताले भने,‘ राजनीतिक चरित्र हत्या गर्ने उदेश्यले मंसुरी म माथी यस्तो आरोपको साथै कतैबाट प्रेरित छ कि भनेर शंका लागेको छ ।’

यता प्रभु यादवका अनुसार टेम्पु धनि सुभान मंसुरीलाई दुर्घटना पछि सहयोग गरेको बताए । उनले पनि कुनै किसिमको आर्थिक लेनदेन आपूmसंग नभएको दावी गरे । यादबका अनुसार बरु यस सन्दर्भमा वडा नं. १मा गत मंसिर २ गते पंचाइत भयो तर कुनै ठोस निकास पंचाइतबाट निकलेन । कञ्चनरुप न.पा. १ का वडा अध्यक्ष करिम शेखका अनुसार सुभान मंसुरी को लिखित निबेदन अनुसार निबेदनमा उल्लेखित ब्यक्तिहरुसंग पंचाईतमा छलफल भएको स्वीकार गरे । उनले भने,‘पञ्चायतमा  लेनदेन भएको प्रमाणित नभएपछि रकम दिलाई दिने कुरै रहेन ।’

प्रतिक्रिया