उखु किसानहरुको आन्दोलनप्रति सप्तरीको किसानहरुले ऐक्येवद्धता जनाउँदै जिप्रका अगाडी धर्ना

  • पुष ३, २0७७
  • 0
...

सप्तरी, पुस ३ गते ।  उखु किसानहरुले जारी राखेको आन्दोलनप्रति ऐक्येवद्धता जनाउँदै जनता समाजवादी किसान संघको अगुवाईमा सप्तरीका अगुवा किसानहरुले विहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।
किसानहरुले प्रशासन कार्यालय अगाडि अपराह्न १२ बजेदेखि १ बजेसम्म उनीहरुले धर्ना दिएका हुन् । उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर, धानको समर्थन मूल्य लागु गर, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्नेसहितका माग उनीहरुले राखेका छन् । किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको अगुवा दिपेन्द्र प्रसाद चौधरीले बताए । समस्या समाधानप्रति ध्यान नदिए सशक्त रुपमा कडा आन्दोलन गर्न बाध्य हुने उनले जानकारी दिए ।

प्रतिक्रिया